Monday, October 7, 2024

इजरायलमा हतियार नपठाउन राष्ट्र सङ्घका विज्ञहरूकाे आह्वान

spot_img

संयुक्त राष्ट्र सङ्घका ३० भन्दा बढी विज्ञले राज्य र कम्पनीलाई इजरायलमा हतियार र गोलाबारुद नपठाउन आह्वान गरेका छन् ।

हतियार बेच्ने लाइसेन्स भएका कम्पनीलाई सङ्केत गर्दै विशेष प्रतिवेदक, स्वतन्त्र विज्ञ र संयुक्त राष्ट्र मानव अधिकार परिषद्का कार्य समूहले संयुक्त वक्तव्य जारी गर्दै इजरायलमा हतियारलगायत अन्य सैन्य उपकरणको बिक्री र हस्तान्तरण रोक्न आग्रह गरेका चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ ।

कम्पनीहरूले इजरायली सेनालाई हतियार, पाटपुर्जा र गोलाबारुद पठाएर अन्तर्राष्ट्रिय मानव अधिकार हनन तथा अन्तर्राष्ट्रिय मानवीय कानुनको गम्भीर उल्लङ्घनमा संलग्न हुने जोखिम रहेको विज्ञहरूले जनाएका छन् ।

जारी इजरायली सैन्य आक्रमण नागरिक तथा पूर्वाधारमा अन्धाधुन्ध आक्रमणको विशेषता भएको विज्ञहरूले उल्लेख गरेका छन् । इजरायलमाथि हतियार प्रतिबन्ध र लगानीकर्ताले निर्णायक कदम चाल्नुपर्ने आवश्यकता पहिलेभन्दा बढी जरुरी भएको उनीहरूले बताएका खबरमा उल्लेख छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
spot_img
सम्बन्धित
थप

लोकप्रिय