Saturday, October 5, 2024

जर्मनी युरो कप फुटबलको अन्तिम १६ मा प्रवेश

spot_img

जर्मनी युरोकप फुटबल  २०२४ को अन्तिम १६ मा पुगेको छ। गएराति भएको समूह चरणको आफ्नो दोस्रो खेलमा हङ्गेरीलाई २–० गोलले हराउँदै जर्मनी दोस्रो चरणमा प्रवेश गरेको हो । आयोजक जर्मनी यो सिजनको अन्तिम १६ मा पुग्ने पहिलो टोली बनेको छ ।

पहिलो खेलमा स्कटल्यान्डलाई ५–१ को फराकिलो जित दर्ता गरेको जर्मनीको २ खेलमा ६ अङ्क भएको छ । पहिलो खेलमा स्वीट्जरल्यान्डसँग पराजित हङ्गेरी २ खेलमा अङ्कविहिन छ । गएरातिको अर्को खेलमा यही समूहका स्वीट्जरल्यान्ड र स्कटल्यान्डले १–१ गोलको बराबरी खेलेका छन् । योसँंगै स्वीट्जरल्यान्डको २ खेलमा ४ अङ्क भएको छ भने समान खेल खेलेको स्कटल्याण्डको १ अङ्क जोडिएको छ ।

यसैबीच समूह ‘बी’ अन्तर्गतको खेलमा हिजो क्रोएसिया र अल्बानियाले आ–आफ्ना दोस्रो खेलमा २–२ गोलको बराबरी खेलेका छन् । बराबरी पछि दुवै टोलीले समूह ‘बी’ मा पहिलो अङ्क जोडेका छन् । पहिलो खेलमा क्रोएसिया स्पेनसँग र  र अल्बानिया इटालीसँग पराजित भएका थिए ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
spot_img
सम्बन्धित
थप

लोकप्रिय