Saturday, October 5, 2024

टी–२० विश्वकप : वेस्ट इन्डिज समूह विजेता, अफगानिस्तान १ सय ४ रनले पराजित

spot_img

आईसीसी टी–२० विश्वकप क्रिकेटमा वेस्ट इन्डिज अफगानिस्तानलाई हराउँदै समूह ‘सी’ को विजेता बनेको छ । आज बिहान भएको खेलमा वेस्ट इन्डिजले अफगानिस्तानलाई १ सय ४ रनले हराएको हो । वेस्ट इन्डिजले दिएको २ सय १९ रनको विशाल लक्ष्य पछ्याएको अफगानिस्तान १६ ओभर २ बल खेल्दा १ सय १४ रनमा समेटियो ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको वेस्ट इन्डिजले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर २ सय १८ रन बनायो । योसँगै विश्वकपमा समूहगत चरणको खेल सकिएको छ । टी–२० विश्वकपमा अफगानिस्तान र वेस्ट इन्डिज सुपर आठ अर्थात दोस्रो चरणमा पुगिसकेका टोली हुन् ।

उनीहरुसँगै बङ्ग्लादेश, भारत, अमेरिका, अस्ट्रेलिया, इङ्ग्ल्यान्ड, र दक्षिण अफ्रिका दोस्रो चरणमा पुगेका छन् । दोस्रो चरणको खेल भोलिदेखि शुरु हुनेछ । पहिलो खेल अमेरिका र दक्षिण अफ्रिकाको हुने छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
spot_img
सम्बन्धित
थप

लोकप्रिय