Sunday, October 6, 2024

अमेरिकाको म्यासाचुसेट्स बोस्टनका लागि अवैतनिक महावाणिज्यदूतमा समाजसेवी प्रल्हाद केसी नियुक्त

spot_img

संयुक्त राज्य अमेरिकाको म्यासाचुसेट्सको राज्यको बोस्टनमा करिब ४ दशक अघिबाट स्थायी बसोबास गर्दै आएका समाजसेवी प्रल्हाद बहादुर केसीलाई नेपाल सरकारले म्यासाचुसेट्सको अवैतनिक महावाणिज्यदूतमा नियुक्त गरेको छ ।

नेपाल सरकारले केसीलाई बाणिज्य दूतमा नियुतm गर्न खुसी व्यक्त गरेको छ । नेपाल सरकारले केसीलाई दिएको नियुक्त पत्रमा लेखिएको छ नेपालको सामाजिक आर्थिक, सांस्कृतिक र व्यावसायिक हित र आफ्नो क्षेत्राधिकार भित्र बस्ने नेपाली नागरिकहरूको संरक्षण र प्रवर्द्धन गर्न केसी जिम्बेवार हुनेछन् ।

केसीको बृहत् ज्ञान र अनुभवबाट नेपाल र अमेरिका बीचको द्विपक्षीय सम्बन्धलाई सुदृढ बनाउन अमूल्य भूमिका खेल्ने कुरामा नेपाल सरकार विश्वस्त रहेको छ । पछिल्लो समय नेपाल र अमेरिका बीचको सम्बन्ध प्रगाड हुँदै गएको भनेर नियुक्ति गरिएको पत्रमा भनिएको छ ।

केसीको नेतृत्व र समर्पणले यो साझेदारीलाई अझ प्रगाढ बनाउन महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ। केसीको प्रयासले म्यासाचुसेट्समा रहेका नेपाली समुदायको हितमा र दुवै राष्ट्रको पारस्परिक समृद्धिमा महत्वपूर्ण योगदान पुग्नेमा नेपाल सरकार आशावादी रहेको छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
spot_img
सम्बन्धित
थप

लोकप्रिय