Monday, October 7, 2024

अमेरिकी राष्ट्रपति बाइडेनका छोरा बन्दुकसम्बन्धी मुद्दामा दोषी ठहर

spot_img

अमेरिकी राष्ट्रपति जो बाइडेनका छोरा हन्टर बाइडेन बन्दुकसम्बन्धी मुद्दामा दोषी ठहर भएका छन् । सन् २०१८ मा ह्यान्ड गन खरिद गर्दा लागूऔषधबारे झुट बोलेको अभियोगमा उनी दोषी ठहरिएका हुन् ।

डेलावेयर राज्यको एक अदालतले ५४ वर्षीय हन्टरलाई तीन वटा आरोपमा दोषी ठहर्‍याएको छ । बहालवाला अमेरिकी राष्ट्रपतिको छोरा दोषी ठहरिएको यो घटना पहिलो रहेको बीबीसीले जनाएको छ ।

ह्यान्ड गन खरिद गर्दा बाइडनले भरेको फारममा उनले आफू लागूऔषधको दुर्व्यसनी रहेको कुरा लुकाएका थिए । हन्टरलाई सङ्घीय बन्दुक कानुनअन्तर्गत अधिकतम २५ वर्षसम्मको जेल सजाय र साढे सात लाख अमेरिकी डलरसम्मको जरिबाना हुनसक्ने बताइएको छ ।

अदालतले हन्टरविरुद्धको मुद्दामा मध्य अक्टोबरतिर सजाय तोक्ने छ । तर उनले उच्च अदालतमा पुनरावेदन गर्ने जनाइएको छ । राष्ट्रपति बाइडेनले आफ्नो छोराविरुद्धको मुद्दामा कुनै बाधा नपुर्‍याउने र अदालतको निर्णयलाई सम्मान गर्ने बताउनुभएको छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
spot_img
सम्बन्धित
थप

लोकप्रिय