Thursday, September 19, 2024

विश्वकप फुटबल छनोटमा नेपालले आज यमनसँग खेल्दै, किरण लिम्बुको १०० औँ खेल

जेठ २९, काठमाण्डौ । फिफा विश्वकप–२०२६ तथा एएफसी एसियन कप–२०२७ को संयुक्त छनोटअन्तर्गत दोस्रो चरणको आफ्नो अन्तिम खेलमा नेपालले आज यमनसँग खेल्दैछ ।

यो खेल नेपाली समयअनुसार राति पौने १२ बजे साउदी अरबको दम्माममा रहेको प्रिन्स मोहमद विन फहद स्टेडियममा शुरु हुनेछ । यही रङ्गशालामा यसअघि भएको खेलमा नेपाल यूएईसँग ४–० गोलले पराजित भएको थियो ।

समूह ‘एच’ मा रहेको नेपालले पाँच खेल खेल्दा गोल गरेको छैन । समग्रमा १८ गोल बेहोरेको छ । नेपाल यूएईसँग भएको दुई खेलमा समान ४–० र बहराइनसँग ५–० र ३–० ले तथा यमनसँग २–० ले पराजित भएको थियो । विश्वकप छनोटबाट यसअघि नै बाहिरिसकेको हुँदा नेपाल समूहको आफ्नो अन्तिम खेलमा आज सुखद नतिजा निकाल्ने लक्ष्यमा छ ।

आजको खेल कप्तान एवम् गोलकिपर किरणकुमार लिम्बुको १०० औँ अन्तर्राष्ट्रिय खेल हुनेछ । धनकुटाका ३४ वर्षीय किरण नेपाली राष्ट्रिय टोलीबाट सय अन्तर्राष्ट्रिय खेल खेल्ने पहिलो खेलाडी बन्नेछन् । उनले सन् २००८ मा राष्ट्रिय टोलीबाट डेब्यु गरेका थिए ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
सम्बन्धित
थप

लोकप्रिय