Monday, October 7, 2024

भारतीय प्रधानमन्त्री मोदीद्वारा तेस्रो कार्यकालका लागि शपथ

spot_img

जेठ २८, काठमाण्डौ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले तेस्रो कार्यकालको शपथ लिनुभएको छ । राष्ट्रपति भवनमा आयोजित एक समारोहमा हिजो मोदीले राष्ट्रपति द्रौपदी मुर्मुसमक्ष प्रधानमन्त्री पदको शपथ लिनुभएको हो । शपथ समारोहमा छिमेकी राष्ट्र प्रमुख, सरकार प्रमुख तथा अन्य विशिष्ट अतिथिहरूको उपस्थिति रहेको थियो ।

मोदीसँगै उहाँको मन्त्रिपरिषद्का सदस्यहरूले पनि शपथ लिएका छन् । प्रधानमन्त्री मोदीले शपथ लिएपछि यसअघि रक्षामन्त्री रहेका राजनाथ सिंह, पहिला गृहमन्त्री रहेका अमित शाह, नितिन गडकरी, बीजेपी अध्यक्ष जेपी नड्डा, एस।जयशंकर, निर्मला सितारमण लगायतले पनि मन्त्रीको शपथ लिएका छन् ।

प्रधानमन्त्री नरेन्द्र मोदीले ३० जना मन्त्री र ४१ जना राज्यमन्त्रीसहित ७२ सदस्यीय मन्त्रिपरिषद् गठन गर्नुभएको छ । मन्त्रीहरुमा धेरैजसो पुरानै अनुहार दोहोरिएका छन् ।

नरेन्द्र मोदी यसअघि सन् २०१४ मा पहिलो पटक र २०१९ मा दोस्रो पटक भारतको प्रधानमन्त्री निर्वाचित हुनुभएको थियो ।

यसपटक नरेन्द्र मोदीको नेतृत्वमा रहेको एनडीए गठबन्धनले ५४३ सिटमध्ये २९३ सिट जितेर सरकार बनाएको छ । तर, भारतीय जनता पार्टी भाजपा एक्लैले भने बहुमत ल्याउन सकेन ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
spot_img
सम्बन्धित
थप

लोकप्रिय