Monday, October 7, 2024

विश्वव्यापी समुद्री तथ्याङ्क सङ्कलनका लागि चीनमा ओसन क्लाउड नामको प्लेटफर्म सञ्चालन

spot_img

२७ जेठ ।  चीनले समुद्री तथ्याङ्क व्यापक रूपमा सङ्कलनका लागि ‘ओसन क्लाउड’ नामको नयाँ प्लेटफर्म शुरु गरेको छ । ओसन क्लाउड समुद्री तथ्याङ्क र सूचना तयार पार्ने राष्ट्रिय अनलाइन सेवा रहेको चीनको समुद्री पूर्व चेतावनी र अनुगमन विभागलाई उद्धृत गर्दै चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ ।

ओसन क्लाउडले तथ्याङ्क सङ्कलन गर्न, विभागबीच समुद्री सूचना सङ्कलनलाई सहज बनाउन र विश्वव्यापी समुद्री सूचना आदानप्रदानलाई बढावा दिने काम गर्छ । यो प्लेटफर्मले समुद्री तथ्याङ्क एकीकरण सेवालाई अझ बलियो बनाउन, समुद्री तथ्याङ्क साझेदारीको लागि प्राविधिक मापदण्ड एकीकरण गर्न र समुद्री तथ्याङ्क उत्पादनको प्रयोग गुणस्तर सुधार गर्ने चीनको दाबी छ ।

यसले समुद्र तथा समुद्री गतिविधिका कारण विश्व मौसममा आउनसक्ने सङ्कटको पूर्वानुमान गर्न पनि सहज हुनेछ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
spot_img
सम्बन्धित
थप

लोकप्रिय