Sunday, October 6, 2024

चुलाचुली माध्यमिक विद्यालयलाई अमेरिकाबाट नगद एक लाख एक हजार रुपैयाँ सहयोग

spot_img

२७ जेठ, झापा ।  झापाको बेलडाङ्गी -३ स्थित रहेको चुलाचुली माध्यमिक विद्यालयलाई अमेरिकाबाट नगद एक लाख एक हजार रुपैयाँ सहयोग प्राप्त भएको छ । गएको बर्ष देखी सोही वडामा रहेको बेलडाङ्गी सिविर क्यापको करिब ५ सय बिध्यार्थी पनि यस बिद्यालयमा पठन पाठन हुन थालेपछी पछी राम्रो नतिजा ल्याउनु पर्ने चुनौती रहेको छ । आधारभुत विद्यालययमा सिमित रहेको यस विद्यालय यही साल माध्यमिक विद्यालयको अनुमती लिदै कक्षा सन्चालन गरेकोले राम्रो नतिजा ल्याउनको निम्ति कोचिङ कक्षा सन्चालन गर्नुपर्ने अवस्था हेको विद्यालयका प्रधानाध्यापक खुरहरी आचार्यले जानकारी दिनुभएको छ ।

यस अवस्थालाई मध्यनजर गर्दै हाल अमेरिकाको पेन्सिल्भेनियामा रहनुहुनेहरु पहिले बेलडाङ्गी क्याम्पमा रहनुभएका सहयोगी हातहरु बसन्त अधिकारी, दिया छेत्री गुरुङ र हेम गुरुङद्वारा संयुक्त रुपमा नगद एक लाख एक हजार रुपैयाँ सहयोग प्रदान भएको छ । यस कार्यको उच्च मुल्याङ्कन गर्दै विद्यालय परिवार र अभिभावकहरुद्वारा धन्यवाद प्रदान गरिएको छ। पर्याप्त मात्रामा दरबन्दी शिक्षकहरु उपलब्ध नहुँदा विद्यालय सन्चालनमा चुनौती रहेको छ । पूर्व क्याम्प सचिब टि बि राईद्वारा यस विद्यालय नजिकको तिर्था हेला भने जस्तो र संचारले समेट्न नसकेको कारण पनि ओझेलमा पर्दै गएको गुनासो व्यक्त गर्नुभयो ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
spot_img
सम्बन्धित
थप

लोकप्रिय