Saturday, October 5, 2024

आईसीसी टि–२० विश्वकपको पहिलो खेलमा भारतले आयरल्याण्डलाई आठ विकेटले हरायो

spot_img

आईसीसी टि–२० विश्वकप २०२४ को आफ्नो पहिलो खेलमा भारत विजयी भएको छ । गएराति न्यूयोर्कमा भएको खेलमा भारतले आयरल्याण्डलाई आठ विकेटले हराएको हो ।आयरल्याण्डले दिएको ९७ रनको लक्ष्य भारतले १२ ओभर दुई बलमा दुई विकेट गुमाएर भेट्टायो । भारतका लागि कप्तान रोहित शर्माले सर्वाधिक ५२ रन बनाए । ऋषभ पन्तले अविजित ३६ रन जोडे ।

आयरल्याण्डका लागि मार्क एडेयर र बेन व्हाइटले एक–एक विकेट लिए । त्यसअघि टस हारेर पहिला ब्याटिङ गरेको आयरल्याण्डले १६ ओभरमा सबै विकेट गुमाएर ९६ रन बनायो । आयरल्याण्डका लागि ग्यारेथ डिलेनीले सर्वाधिक २६ रन बनाए । भारतका लागि हार्दिक पण्ड्याले तीन विकेट लिए । पाकिस्तान र अमेरिकाको खेल पनि आजै राति सवा ९ बजे शुरु हुँदैछ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
spot_img
सम्बन्धित
थप

लोकप्रिय