Sunday, October 6, 2024

काठमाडौंको सरस्वतीनगरमा एक पुरुषले श्रीमती र ३ छोरीसहित आफैंलाई आगो लगाए

spot_img

काठमाडौं-चाबहिल सरस्वतीनगरमा ५५ वर्षीय चञ्चलबहादुर सिंहले सिंहले आफ्नै श्रीमती बिन्दु र २४ वर्ष, १६ वर्ष र ८ वर्षकी ३ जना छोरीहरूलाई मट्टितेल खनाएर आगो लगाएका छन् । चञ्चलबहादुर सिंहले श्रीमती र छोरीहरूलाई मट्टितेल छर्केर आगो लगाएपछि आफैंलाई पनि आगो लगाएको काठमाडौं प्रहरी वृत्त, गौशालाका डीएसपी केशव थेबेले जानकारी दिएका छन् । चञ्चलबहादुर सिंहले मादक पदार्थ सेवन गरी मंगलबार राति घरमा झगडा गरेका थिए ।

आगोबाट जलेका पाँचै जनाको कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचारका भइरहेको छ । १६ वर्षकी छोरीको शरीरको ८० प्रतिशत भाग जलेको छ भने २४ वर्षीया छोरीको शरीरको ५५ प्रतिशत भाग जलेको र बाँकी ३ जनाको शरीरको ८ देखि १० प्रतिशत भाग जलेको किर्तीपुर वर्न अस्पतालले जनाएको छ । दुई छोरीको भने अवस्था गम्भीर रहेको छ । २४ वर्ष र १६ वर्षकी छोरीहरूको शरीरको धेरै भाग जलेको हुँदा उनीहरुलाई आईसीयूमा राखी उपचार गरिएको अस्पताल प्रशासनले जनाएको छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
spot_img
सम्बन्धित
थप

लोकप्रिय