Saturday, October 5, 2024

आईसीसी टी–२० विश्वकप अन्तर्गत अफगानिस्तानको सानदार जित

spot_img

आईसीसी टी–२० विश्वकप  अन्तर्गत अफगानिस्तानले सानदार जितसहित विजयी सुरुआत गरेको छ। गुएनास्थित प्रोभिडेन्स स्टेडियममा भएको आजको पहिलो खेलमा नवटोली युगान्डालाई १२५ रनको फराकिलो अन्तरले हराउँदै अफगानिस्तानले सानदार जित हासिल गरेको हो। टस हारेर पहिला ब्याटिङ्ग गर्ने मौका पाएको अफगानिस्तानले धमाकेदार प्रदर्शन गर्दै निर्धारित ओभरमा ५ विकेट गुमाएर १८३ रन बनायो।

अफगानिस्तानका लागि ओपनर ब्याट्सम्यान रहमानुल्लाह गुरबाजले सर्वाधिक ७६ रनको पारी खेले भने इब्राहिम जरदानले ७० रन जोडे। युगान्डाका कप्तान ब्रिएन मसाबा र कसमस केउटाले समान २/२ विकेट लिँदा अल्पेश रामजानीले १ विकेट लिए। यता, १८४ रनको लक्ष्यसहित मैदान उत्रेको नवटोली युगान्डाले खराब प्रदर्शन गर्दै ४ ओभर बाँकी छँदै अलआउट भएर जम्मा ५८ रन मात्रै बनाउन सक्यो।

अफगानिस्तानका बलरसमक्ष युगान्डाका कुनैपनि खेलाडी धेरैबेर टिक्न सकेनन्। युगान्डालाई सस्तोमै समेट्न अफगानिस्तानका फजलहक फारुकीले ९ रन खर्चेर सर्वाधिक ५ विकेट लिए भने राशिद खान र नविन उल हकले समान २/२ विकेट हात पारे। जबकी मुजिब उर रहमानले १ विकेट लिए। सुरुदेखि नै सङ्घर्ष गरिरहेका युगान्डा खेलाडीहरू भने बलियो अफगानिस्तानसमक्ष डटेर मैदानमा खेल्ने प्रयासमा देखिए। प्रतियोगिता अन्तर्गत आजै इङग्ल्यान्ड र स्कटल्यान्ड अनि नेपाल र नेदरल्यान्ड्सबीच खेल हुनेछ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
spot_img
सम्बन्धित
थप

लोकप्रिय