Saturday, October 5, 2024

टी–२० विश्वकपको नवौँ संस्करण आजदेखि शुरु, उद्घाटन खेलमा अमेरिका र क्यानडा खेल्दै

spot_img

टी–२० विश्वकपको नवौँ संस्करण आजदेखि शुरु भएको छ । उद्घाटन खेलमा अहिले आयोजक अमेरिका र क्यानडा खेलिरहेका छन् । डालास घरेलु टोली अमेरिकाले टस जितेर पहिला बलिङ रोजेको छ । क्यानडाले ब्याटिङ गरिरहेको छ ।

अमेरिकाले आयोजकका रुपमा पहिलो पटक विश्वकप खेलेको हो । त्यस्तै क्यानडा पनि पहिलो पटक विश्वकपमा पुगेको हो । अमेरिका र वेस्ट इन्डिजले यो विश्वकप संयुक्त रुपमा आयोजना गरेका हुन् । केही खेल अमेरिकामा र धेरैजसो खेल वेस्ट इन्डिजमा हुनेछन् । आजको अर्को खेलमा आयोजक वेस्ट इन्डिज र पपुवा न्यूगिनी (पीएनजी) नेपाली समयअनुसार बेलुका सवा ८ बजे हुनेछ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
spot_img
सम्बन्धित
थप

लोकप्रिय