Saturday, October 5, 2024

अल नासरलाई हराउँदै किङ्स कप फुटबलको उपाधि अल हिलालले जित्यो

spot_img

जेठ १९ । साउदी प्रो लिग च्याम्पियन अल हिलालले किङ्स कप फुटबलको उपाधि जितेको छ । किङ अब्दुल्लाह स्पोट्र्स सिटी जेदामा गएराति भएको खेलमा ९ खेलाडीमा समेटिएको अल हिलालले १० खेलाडी रहेको अल नासरलाई ५–४ गोलले हरायो ।

हिलालका दुई र नासरका एक खेलाडीले रातो कार्ड पाएका थिए । निर्धारित समयमा एकरएक गोलको बराबरी र अतिरिक्त समयमा थप गोल हुन नसक्दा खेल टाईब्रेकर हुँदै सडनडेथमा पुगेको थियो । अल हिलालका एलेक्सान्दर मित्रोभिच, मोहमेद कानो, हसन टमबाक्टी, अब्दुल्लाह अल हम्दान र नासेर अल दासरीले गोल गरे । रुवेन नेभेस र साउद अब्दुल हामिदले गोल गर्न सकेनन् ।

अल नासरमा क्रिस्टियानो रोनाल्डो, सामी अल नाजेई, अब्दुल रहमान घारिव र अली लजामीले गोल गरे । एलेक्स टेलास, अली अल हसन र मेसरी अल नेमेरले गोल गर्न सकेनन् । त्यसअघि खेलको सातौँ मिनेटमा एलेक्सान्दर मित्रोभिचको गोलबाट अल हिलालले अग्रता लिएको थियो । तर, निर्धारित समय सकिन दुई मिनेट बाँकी रहँदा एमन अहमेदले गोल गर्दै खेल बराबरीमा ल्याए ।

अल हिलालले यो सिजन तीन उपाधि जितेको छ । उसले यसअघि प्रो लिग र सुपर कपको उपाधि जितेको थियो ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
spot_img
सम्बन्धित
थप

लोकप्रिय