Saturday, October 5, 2024

आठौँ प्रधानमन्त्री कप भलिबल लिगको तयारी पूरा

spot_img

जेठ १८, काठमाण्डौ ।  नेपाल भलिबल सङ्घको आयोजनामा हुने आठौँ प्रधानमन्त्री कप एनभीए महिला तथा पुरुष भलिबल लिगको तयारी पूरा भएको छ । प्रतियोगिता संयोजक तथा नेपाल भलिबल सङ्घका उपाध्यक्ष युवराज श्रेष्ठले लिगको तयारी पूरा भएको जानकारी दिँदै सबै टिमलाई अनुशासित भएर खेल खेल्न र आफ्नो कौशलता प्रस्तुत गर्न आग्रह गर्नुभएको छ ।

प्रतियोगिता भोलिदेखि त्रिपुरेश्वरमा रहेको राष्ट्रिय खेलकुद परिषद्को कबर्ड हलमा आयोजना हुनेछ । प्रतियोगिताको उदघाटन खेल दिउँसो ३ बजे न्यू डायमन्ड स्पोर्ट्स क्लब र एपीएफ क्लबको महिला टोलीबीच हुनेछ । जेठ २६ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा पुरुषतर्फ ८ टोली र महिलातर्फ ६ टोली प्रतिस्पर्धा गर्नेछन् ।

लिगमा पुरुषतर्फ २८ खेल र महिलातर्फ १५ खेल हुनेछ । यस्तै प्रतियोगिताको पहिलो दिन ४ पुरुष २ महिलाको गरेर ६ खेल हुनेछ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
spot_img
सम्बन्धित
थप

लोकप्रिय