Monday, October 7, 2024

ढुङ्गाखानीमा पहिरोले पुरिएर ज्यान गुमाउनेको सङ्ख्या २७ जना पुग्यो

spot_img

भारतको मिजोरममा एउटा ढुङ्गाखानीमा पुरिएर ज्यान गुमाउनेको सङ्ख्या २७ जना पुगेको छ । मिजोरमको आइजोल जिल्लामा हिजो अविरल वर्षाका कारण ढुङ्गाखानीमा पहिरो झरेको थियो । बङ्गालको खाडीमा उत्पत्ति भएको रेमल चक्रवातका कारण भारी वर्षा भई पहिरो जाँदा मिजोरममा राष्ट्रिय सडक पनि बगाएको छ ।

मिजोरमको अरू राज्यसँगको यातायात सम्पर्क टुटेको बीबीसी हिन्दिले जनाएको छ । मिजोरम सरकारको सूचना तथा जनसम्पर्क विभागकाअनुसार त्यहाँ आवासीय पूर्वाधारमा क्षति हुँदा बिजुली र पानी आपूर्तिसमेत बन्द भएको छ । आपतकालीन कोषमा राज्य सरकारले १५ करोड रुपैयाँ छुटयाएको छ । मृतकका परिवारलाई ४/४ लाख भारतीय रुपैयाँका दरले राहत उपलब्ध गराइने त्यहाँका सरकारी अधिकारीहरूले जानकारी दिएका छन् ।

लगातार निकै ठूलो चक्रवात चल्दा मिजोरमका धेरै ठाँउमा बिजुलीको पोल र रुखसमेत उखेलिएका छन् । बङ्गालको खाडीमा विकसित भएको न्यून–चापीय प्रणाली जेठ १२ गते बेलुका शक्तिशाली चक्रवातमा परिणत भएको थियो ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
spot_img
सम्बन्धित
थप

लोकप्रिय