Saturday, October 5, 2024

आईपीएल क्रिकेटको उपाधि कोलकाता नाइट राइडर्सलाई

spot_img

कोलकाता नाइट राइडर्सले तेस्रो पटक इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको उपाधि जितेको छ । गएराति भएको फाइनलमा सनराइजर्स हैदराबादलाई ८ विकेटले हराउँदै कोलकाताले उपाधि जितेको हो । हैदराबादले दिएको १ सय १४ रनको लक्ष्य कोलकाताले १० ओभर ३ बलमा मात्र २ विकेट गुमाएर भेट्टायो ।

कोलकाताका रहमनुल्लाह गुर्बाज र वेंकटेश ऐरले ९१ रनको साझेदारी गरे । त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको हैदराबादले १ सय १३ रन बनाएको थियो । उसका कप्तान प्याट कमिन्सले सर्वाधिक २४ रन बनाए । हैदराबादको यो स्कोर आईपीएलको इतिहासमा फाइनल खेलमा अहिलेसम्मकै सबैभन्दा सानो स्कोर हो ।

यसअघि फाइनलमा सबैभन्दा थोरै रनको कीर्तिमान चेन्नई सुपरकिंग्सको नाममा रहेको थियो । उसले सन् २०१३ को आईपीएल फाइनलमा मुम्बई इन्डियन्ससँगको खेलमा ९ विकेट गुमाएर १ सय २५ रन बनाएको थियो । कोलकाताले यसअघि सन् २०१२ र २०१४ मा उपाधि जितेको थियो । सन् २०१६ मा उपाधि जितेको हैदराबाद भने सन् २०१८ पछि दोस्रो पटक फाइनलमा पराजित भयो ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
spot_img
सम्बन्धित
थप

लोकप्रिय