Monday, October 7, 2024

पथरी शनिश्चरेमा आदिवासी जनजाति क्षमता अभिवृद्धि कार्यशालाको उद्घाटन

spot_img

१३ बैशाख, झापा ।  ’बिश्व भरिका आदिवासी जनजाति एक हौं’ भन्ने मूल नाराको साथ पथरी शनिश्चरेमा आदिवासी जनजाति क्षमता अभिवृद्धि कार्यशालाको उद्घाटन भएको छ ।

आज पथरी शनिश्चरे वडा नं. १० को सहयोगमा नेपाल आदिवासी जनजाति महासंघ १० नं. वडा समन्वय परिषद्ले कार्यशालाको आयोजना गरेको हो । सिन भिलेज पार्टी प्यालेसमा तीन दिनसम्म सञ्चालन हुने सो कार्यक्रमको सभाध्यक्ष आयोजकका अध्यक्ष सबिन तामाङको रहेको थियो भने प्रमुख अतिथि वडा नं. १० अध्यक्ष जीवन खतिवडा रहनुभएको थियो ।

वडाका आदिवासी महिला पुरुष गरी कार्यशालामा जम्मा ५० जनाको सहभागिता रहेको कार्यक्रम संयोजक सुमन कुरुङबाङले जानकारी दिनुभयो ।

कार्यक्रममा आदिवासी जनजाति महासंघ नगर कमिटी अध्यक्ष देवेन्द्र वनेम, वडा सदस्य मिना तामाङ, सञ्चारकर्मी अर्जुन जम्नेली राई, समाजसेवी गणेश थक्लुङ, हेमभक्त तमु लगायतको उपस्थिति रहेको थियो । कार्यशालाको सहजीकरण काजीमान तामाङले गरिरहनुभएको छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
spot_img
सम्बन्धित
थप

लोकप्रिय