Saturday, October 5, 2024

आईसीसी टी–२० विश्वकप क्रिकेटको दोस्रो अभ्यास खेलमा नेपाल विजयी

spot_img

आईसीसी टी–२० विश्वकप क्रिकेटको तयारीका लागि अमेरिकाको ह्युस्टनमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले ह्युस्टन हरिकेन्सलाई दोस्रो तथा अन्तिम अभ्यास खेलमा पनि हराएको छ । यो सँगै नेपालले दुई खेलको शृङ्ख क्लिन स्वीप गरेको छ ।

आज बिहान प्रेरी भ्यू क्रिकेट कम्प्लेक्समा भएको खेलमा नेपालले ह्युस्टन हरिकेन्सलाई २७ रनले हरायो । नेपालले दिएको १ सय २४ रनको सामान्य लक्ष्य पछ्याएको ह्युस्टन १८ ओभर ३ बलमा ९६ रनमा अल आउट भयो । ह्युस्टनका जिया शेहजादले सबैभन्दा धेरै ३५ रन बनाए । नेपालका करण केसीले ३, सोमपाल कामीले २ तथा कप्तान रोहितकुमार पौडेल, अबिनाश बोहरा र सागर ढकालले समान १ विकेट लिए ।

यसअघि टस जितेर ब्याटिङ गरेको नेपालले २० ओभरमा ६ विेकट गुमाउँदै १ सय २३ रन बनायो । नेपालका रोहितकुमार पौडेलले ३७, कुशल भुर्तेलले २३ रन बनाए । ह्युस्ट हरिकेन्सका शेख जुनियर र जिया शेहजादले समान २ विकेट लिए ।हिजो भएको पहिलो अभ्यास खेलमा नेपाल ६ रनले विजयी भएको थियो । अब नेपाली टोली टेक्सासको डालास जानेछ । त्यहाँ नेपालले अमेरिका र क्यानडासँग विश्वकप अघिको आधिकारिक अभ्यास खेल खेल्नेछ ।

क्यानडासँग भोलि सोमवार र अमेरिकासँग मे ३० अर्थात् बिहीवार खेल्नेछ । त्यसपछि नेपालले टी–२० विश्वकपको आफ्नो पहिलो खेल जुन ४ तारिखमा नेदरल्यान्ड्ससँग खेल्नेछ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
spot_img
सम्बन्धित
थप

लोकप्रिय