Monday, July 8, 2024

सेभेन स्पाइसेसद्वारा भुटानी समुदायको पूर्व फुटबल खेलाडीहरूलाई सम्मान कार्यक्रम तय

जेठ ११ ।  ओहायो सेभेन स्पाइसेसद्वारा भूटानी समुदायको पथरी पूर्व फुटबल खेलाडीहरूलाई सम्मान गर्ने कार्यक्रम तय भएको छ । उक्त सम्मान कार्यक्र ओहायोको पटस्कलामा सम्मान हुने भएको संस्थाले जनाएको छ । अमेरिकामा यस वर्ष हुन लागेको सम्मान कार्यक्रमबाट पूर्व खेलाडीहरूलाई सम्मान गर्नुको साथै पुरानो र नयाँ पुस्तालाई जोड्ने भएको छ । उक्त कार्यक्रमले खेलाडीहरुको मनोबल उच्च हुने आयोजक कमिटीले जनाएको छ ।

पथरी शनिश्चरे शिविरबाट पुर्नवासका सिलसिलामा तेस्रो मुलुक हाल अमेरिकामा रहेका युवाहरुद्वारा सामाजिक कार्य गर्ने पवित्र सोचका साथ सन् २०२४ को जनवारीमा ओहायो राज्यको सिन्सिनिटीमा सेभेन स्पाइसेस नामाकरण गरी स्थापना भएको यस संस्थाद्वारा पुरानो र नयाँ पुस्तालाई जोड्ने काम पहिलो पटक हुन लागेको हो ।

सेभेन स्पाइसेस नामक यस संस्थाको सचीवमा राजन क्षेत्री, प्रेम खड्का, उमेश मगर, रोहित अधिकारी, विशाल राई, समिर मोक्तान, ओम खतिवडा, राम थापा, महोन भट्टराई, चन्द्र चिमोरिया र डिल्ली चम्लागाई रहेका छन् ।

संस्था स्थापनाको सुरुवाती चरणमा नै सेभेन स्पाइसेसले नेपाली भाषी भूटानी प्रतिभाहरु र द भोइस अफ नेपाल सिजन ३ का विजेता किरण गजमेर, द भोइस अफ नेपाल सिजन ४ का विजेता करण राई, मेरो डान्स यू.यस्.ए. र मेरो भोइस यू.यस्.ए. लगायतका कलाकारहरुलाई लिएर एउटै मञ्चमा कार्यक्रम सम्पन्न गरिसकेको छ । संस्थाले आगामी दिनहरुमा पनि विपन्न वर्गलाई लक्षित गरेर सामाजिक कार्य गर्ने उद्देश्य राखेको छ ।

संस्थाको उद्देश्य र औचित्यलाई स्पष्ट पार्न आयोजना हुँदै गरेको र सम्मान कार्यक्रम मार्फत औपचारिक ढङ्गले आधिकारिक कुराहरु सार्वजनिक गरिने सचिव राजन क्षेत्रीले जानकारी दिएका छन् ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
सम्बन्धित
थप

लोकप्रिय