Tuesday, October 8, 2024

रारा विमानस्थलमा उड्न लागेको विमानले ठक्कर दिँदा कर्मचारी गम्भीर घाइते

spot_img

मुगुको रारा विमानस्थलमा उड्न लागेको विमानले ठक्कर दिँदा एक कर्मचारी गम्भीर घाइते भएका छन् ।

आज नेपालगन्जका लागि उड्न लागेको सीता एयरको टुइनेटर विमानको अघिल्लो भागले ठक्कर दिँदा सोही विमानका मुगु स्टेसन प्रमुख धीरेन्द्र भाम गम्भीर घाइते भएका हुन् । भाम विमानका चालकलाई विमान उडान गर्न संकेत गरिरहेका थिए । विमान बिस्तारै गुड्दै थियो। सोही बेला चालकले बोलाएपछि विमानतर्फ जाँदै गर्दा विमानको अघिल्लो भागले उनलाई ठक्कर दिएको प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाले जानकारी दिए । घाइते भएपछि अचेत अवस्थामा रहेका भामलाई सोही एयरको विमानमार्फत उपचारका लागि नेपालगन्ज लगिएको छ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
spot_img
सम्बन्धित
थप

लोकप्रिय