Sunday, October 6, 2024

अमेरिकामा गोली चल्दा २ जनाको मृत्यू, ३ जना घाइते

spot_img

जेठ १० ।    संयुक्त राज्य अमेरिकाको पेन्सेलभेनिया राज्यको चेस्टरको डेलावेयर काउन्टी वेस्ट फोर्थ स्ट्रीट (गल्ली) को भवन नं. २६०० मा बिहान ८:३० बजे लिनेनको एक कार्यशालामा ५ जनालाई गोली हान्दा दुई जनाको मृत्यु भएको छ भने ३ जना गम्भीर घाइते भएका छन् ।

जिल्ला न्यायधिवक्ता ज्याक स्टोलस्टिमरका अनुसार पत्रकार सम्मेलनमा क्रममा असन्तुष्ट रहेका एक जना कर्मचारी लिनेन पसलमा पसेर ५ जना सहकर्मीहरूलाई गोली हानेका थिए । घाइतेमध्ये २ जनाको मृत्यु भएको छ भने ३ जना गम्भीर घाइते भएका छन् । घाइतेहरुलाई क्रोजर (चेस्टर मेडिकल सेन्टर) चिकित्सा केन्द्रमा भर्ना गरिएको त्यहाँको सी.बी.एस्. समाचारले सार्वजनिक गरेको छ ।

चेस्टरका नगर प्रमुख स्टेफन रुट्सले भने पत्रकार सम्मेलनमा पीडितमध्ये एक व्यक्ति पर्यवेक्षक रहेका थिए । गोली हान्ने व्यक्तिलाई डेलावेयर काउन्टीमा प्रहरीले पक्राउ गरेको बताएको छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
501
spot_img
सम्बन्धित
थप

लोकप्रिय