Saturday, October 5, 2024

अमेरिकी दूतावासले क्रिकेटर सन्दीपलाई भिसा अस्वीकार गरेकोबारे कुनै टिप्पणी नगर्ने

spot_img

नेपालमा रहेको अमेरिकी दूतावासले क्रिकेटर सन्दीप लामिछानेलाई भिसा दिन अस्वीकार गरेकोबारे कुनै टिप्पणी नगर्ने बताएको छ । दूतावासले संयुक्त राज्य अमेरिकामा आयोजना हुने टी–ट्वान्टी विश्वकपमा नेपालको पुरुष राष्ट्रिय क्रिकेट टोली, द राइनोज, को सहभागिताबारे अत्यन्तै उत्साहित रहेको बताउँदै प्रस्थानपूर्व यो टोलीको सराहना र प्रोत्साहन समेत गरेको जनाएको छ ।

उपयुक्त भिसा वर्गका लागि योग्य हुने राष्ट्रिय क्रिकेट टोलीहरूका सदस्य विश्वकपमा प्रतिस्पर्धा गर्न समयमै अमेरिकाको यात्रा गर्न सक्षम होउन् भन्ने सुनिश्चित गर्न दूतावास र विश्वभरका अन्य अमेरिकी कन्सुलर पोस्टहरूले एकजुट भई काम गरेको पनि दूतावासले उल्लेख गरेको छ । पछिल्लो समय टी–२० विश्वकप खेल्न अमेरिका र वेस्ट इन्डिज जान लागेका सन्दीपलाई भने दूतावासले भिसा दिन अस्वीकार गरेको थियो । यसबारे थप टिप्पणी नगर्ने दूतावासले जनाएको हो ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
spot_img
सम्बन्धित
थप

लोकप्रिय