Saturday, October 5, 2024

आईपीएल क्रिकेटको पहिलो क्वालिफायरमा आज कोलकाता र हैदराबाद खेल्दै

spot_img

जेठ ८, काठमाण्डौ ।   इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेट अन्तर्गत पहिलो क्वालिफायरमा आज कोलकाता नाईट राइडर्स र सनराइजर्स हैदराबाद खेल्दैछन् । खेल अहमदाबादमा नेपाली समयअनुसार राति पौने ८ बजे शुरु हुनेछ । फाइनल पुग्नका लागि हुने पहिलो क्वालिफायर खेलमा सबैभन्दा महङ्गा दुई अष्ट्रेलियाली खेलाडी प्याट कमिन्स र मिचेल स्टार्क आमनेसामने हुँदैछन् ।

हैदराबादले कप्तान कमिन्सका लागि अक्सनमा २५ लाख डलर तथा कोलकाताले बलर स्टार्कका लागि २९ लाख ८० हजार डलर खर्चेको थियो । पहिलो क्वालिफायरमा पराजित टोलीले एक अर्को मौका पाउनेछ । भोलि हुने इलिमिनेटर खेलमा राजस्थान रोयल्स र रोयल च्यालेन्जर्स बेंगलुरु ९आरसीबी० खेल्ने छन् ।

आजको पहिलो क्वालिफायरमा विजयी हुने टिम फाइनलमा पुग्नेछ भने पराजित हुने टोलीले इलिमिनेटरको विजेतासँग दोस्रो क्वालिफायर खेल्ने छ । दोस्रो क्वालिफायर खेल शुक्रवार हुनेछ । यो सिजनको आईपीएलको फाइनल खेल आइतवार चेन्नईमा हुनेछ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
spot_img
सम्बन्धित
थप

लोकप्रिय