Wednesday, October 9, 2024

भुटानी शरणार्थी शनिश्चरेको एक पुरुष घाँस काट्ने क्रममा रुखबाट लडेर मृत्यु

spot_img

मोरङ्गको पथरी शनिश्चरे १० मा एक पुरुषको घाँस काट्ने क्रममा रुखबाट लडेर मृत्यु भएको छ । मृत्यु हुनेमा पथरी क्याम्प सेक्टर बि २ का अन्दाजी ५० वर्षिय पुर्ण बहादुर गुरुङ रहेका छन । गुरुङ ४ गते शुक्रबार बिहान घाँस काट्न भनी जङ्गल गएको र साझ सम्म नफर्के पछि स्थानीयको सहयोगमा खोजी गर्दा उनलाई आज बिहान ९ बजे पशुपति सामुदायिक वन परिसरमा मृत भेटिएको हो । उनको परीवारमा आफू संग कोहि नभएको र एक्लै बस्दै आएका थिए ।

अहिले उनको मृत शरीरलाई उर्लाबारी मदन भण्डारी ट्रमा सेन्टरमा राखिएको छ । उनको भाइ संखुवासभा जिल्लामा भएकाले गुरुङको अन्त्येष्टि भोलि गरिने स्थानीय आइतराज राईले भुटनिज न्युजलाई जानकारी दिनु भयो । उनी घाँस दाउरा बेचेर आफ्नो जीवन निर्वाह गर्ने बताइएको छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
1
spot_img
सम्बन्धित
थप

लोकप्रिय