१९९१ सालको भूटानको कहानी ।
भूटानी प्रशासनले धेरै गर्यो हानी ।।
प्रशासनले जनता मार्यो गोली हानी हानी ।
कति मारे कति जेलमा गाँउको मुख्य छानी छानी ।।
जनसभा सुरु भयो चल्यो ठूलो बाढी ।
जनसंख्या काटिदियो हिँड्यौं भूटान छाडी ।।
मेरो भन्न पाइन केही छोड्नुपर्यो त्यहाँ ।
छोडी सबै हिँड्यौं हामी पुगिन्छ काँ काँहा ।।
जाने ठाऊँ थाहा छैन हिँड्यौं अन्धाधुन्ध ।
त्यो कुरा प्रशासनले सुइँको पाउन हुन्न ।।
पाए प्रशासनले ठोकी दिन्छ गोली ।
मार्ने मर्ने थाहा छैन आज हो कि भोलि ।।
त्रासपूर्ण जीन्दगी बालबच्चा साथमा ।
त्यो घडीमा प्राण हाम्रो ईश्वरको हातमा ।।
बचाइदियो ईश्वरले हामी सबैलाई ।
लाखौं लाख धन्य छ ईश्वर तिमीलाई ।।
सबै हाम्रो खेतबारी ती भयो अरे जङ्गल ।
हाम्रो खेतमा भ्यागुताले गाउदै छ रे मङ्ल ।।
झापा जिल्ला शान्तिनगर मङ्गलबारे बर्ने ।
भूटानी शरणार्थीलाई अति दबाब गर्ने ।।
शरणार्थीको विषयमा राजनीतिको खेला ।
भूटानी शरणार्थीले सहनुपर्यो नेपालको हेला ।।
शान्तिनगर बाँजो बारी दाना फल्ने किम्बु ।
त्यस एरियामा रैछ धेरै अपराधी लिम्बु ।।
कोई रैछ सिङ्ग उम्रिएको कोई रछ ठुट्टे ।
शरणार्थीको तारको लाइन जबरजस्ती लुट्ने ।।
धान पाक्यो कोदो पाक्यो भिरकुनाको तापले ।
एकदिन्त पक्कै रुन्छ शरणार्थीको पापले ।।
शरणार्थीको दुर्दशा कस्तो हो कस्तो ।
सात् सात् दिनमा सारिने भेडीगोठ जस्तो ।।
सुखी जीवन सजाउने सबैको कल्पना ।
पुरा होस् है सबैको अधुरो सपना ।।