Sunday, October 6, 2024

अमेरिकाको पटस्कला ओहायोमा इन्टर क्याम्प फुटबल प्रतियोगिता हुँदै

spot_img

अमेरिकामा ७ वटा पूर्वी शरणार्थी शिविरहरुलाई समेट्दै फुटबल प्रतियोगिता हुने भएको छ । पहिले नेपालमा रहदाको सातै वटा शिविरबाट प्रतिनिधित्व गर्ने खेलाडीहरु समाहित हुने गरी टिम निर्माण गरी खेल आयोजना हुने भएको छ ।

नेपालमा रहदा झापा र मोरङ्गका ७ वटा शिविरहरु पथरी शनिश्चरे, बेलडाँगी १,२,३, खुदुनाबारी, टिमार्इ र गोलाधाप गरेर सात वटा शिविरहरु रहेका थिए । त्यो बेलामा पनि सातै वटा शिविरहरुलाई समेटेर खेल खेलाइने गरिएको थियो । तेस्रो मुलुक पुनर्वास सँगै केही शिविरहरु खाली भए भने उक्त शिविरबाट बाहिर जानेहरु पनि बिभिन्न राज्यमा मिश्रित ढङ्गले बस्दै गर्दा त्यो स्वरुप पूर्ण रुपमा इतिहास मात्र भएको छ तर यस खेलले फेरी ती शिविरहरुलाई जोड्न नसके पनि पुरानो सम्झनाहरुलाई ताजा गराउने नै देखिन्छ । महिला, पुरुष र भेट्रान उमेर समुह गरी ३ वटा समुह निर्माण गरी खेलिने यस खेललाई कोलम्बस ओहायोले आयोजना गर्ने भएको छ भने प्रदिप सुब्बाले यस खेलको ब्यवस्थापन गर्ने भएका छन् ।

यही मे २४, २५ र २६ मा यस खेल संयुक्त राज्य अमेरिकाको ओहायोको पटस्कला फाउण्डेसन पार्कमा हुने उक्त खेलमा प्रत्येक सहभागी समूहमा टिम म्यानेजर, कोच गरी जम्मा २० जना खेलाडी संख्या हुनुपर्ने र गैह्र भूटानी खेलाडी सहभागी हुने नमिल्ने, आफू बसेको शिविर भन्दा फरक शिविरबाट खेल खेल्न नमिल्ने र महिला टिमको हकमा भने गैह्र भूटानी ५ जना सम्म खेलाडी सहभागी गराउन मिल्ने सर्तहरु उल्लेख गरिएको छ । सहभागी टिमको लागि दर्ता शुल्क १५ सय अमेरिकी डलर तोकिएको छ ।

पुरस्कार राशि

उक्त खेलमा केटा समूहबाट विजेता हुनेलाई ८ हजार अमेरिकी डलर, उपविजेतालाई ६ हजार अमेरिकी डलर प्रदान गरिने छ भने भेट्रान (वयोवृद्ध) समूहबाट विजेतालाई ७ हजार अमेरिकी डलर र उपविजेतालाई ५ हजार अमेरिकी डलर प्रदान गरिने छ ।

नेपालमा रहँदा शिविर लेबलको खेलहरुमा स्थानीय गोल्डकपहरुको दाँजोमा नै आउने गरी दर्शकको उपस्थितिमा अत्यन्त उत्साहित खेल हुने आयोजक कमिटीले जनाएको छ ।

What’s your Reaction?
+1
5
+1
0
+1
0
+1
0
+1
0
+1
0
spot_img
सम्बन्धित
थप

लोकप्रिय