Saturday, October 5, 2024

प्रिमियर लिगमा म्यानचेष्टर युनाईटेड र चेल्सी विजयी

spot_img

जेठ ३, काठमाण्डौ । इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेडले न्युक्यासललाई हराएको छ । गएराति भएको खेलमा म्यानचेस्टर युनाइटेडले न्युक्यासललाई ३ –२ ले हराएको हो । म्यानचेस्टर युनाइटेडको जितका लागि कोवीई माईनो, अमद डायल्लोर रशमस हजलण्डले समान एक एक गोल गरे ।

यस्तै न्युक्यासलका एन्टोनी गोर्डन र लेवीस हलले एक एक गोल गरे । प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेड ३७ खेलमा ५७ अङ्कसहित तालिकाको आठौँ स्थानमा छ । समान खेल र समान अङ्क रहेको न्युक्यासल सातौँ स्थानमा छ ।

यस्तै गएराति नै भएको अर्को खेलमा चेल्सीले ब्राइटनलाई २ – १ को अन्तरले हरायो । चेल्सीका कोल पाल्मर र क्रिष्टोफर नकुन्कुले एक एक गोल गरे । उसका रेके जेम्सले रातो कार्ड पाएका थिए । यसैगरी ब्राइटनका ड्यानी वेलबेकले खेलको अन्तिम समयमा एक गोल फर्काउन सके ।

प्रिमियर लिगमा ३७ खेलमा ६० अङ्क रहेको चेल्सी छैटौँ स्थानमा छ । ३७ खेलमा ४८ अङ्क रहेको ब्राइटन १० औँ स्थानमा छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
spot_img
सम्बन्धित
थप

लोकप्रिय