Saturday, October 5, 2024

क्रिकेटर सन्दीप लामिछानेले बलात्कार मुद्दामा पाए सफाइ

spot_img

क्रिकेटर सन्दिप लामिछानेले बलात्कार मुद्दामा सफाइ पाएका छन् । बुधबार उच्च अदालत पाटनले लामिछानेलाई बलात्कार मुद्दामा सफाइ दिएको छ । न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र अञ्जु उप्रेतीको इजलासले काठमाडौँ जिल्ला अदालतको यसअघिको फैसलालाई उल्ट्याउँदै लामिछानेलाई सफाइ दिने फैसला गरेको हो ।

२०७९ साल भदौ ६ गते राति लामिछानेले जबर्जस्ती करणी गरेको भन्दै एक नाबालिकाले भदौ २१ गते गौशाला प्रहरी वृत्तमा किटानी जाहेरी दिएकी थिइन् । लामिछानेलाई प्रहरीले असोज २० गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको थियो ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
spot_img
सम्बन्धित
थप

लोकप्रिय