Saturday, November 23, 2024

प्रिमियर लिगमा लिभरपुल र एस्टन भिल्लाको बराबरी : आज सिटी र टोटनहम खेल्दै

spot_img

जेठ १, काठमाण्डौ ।   इंग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुल र एस्टन भिल्लाले तीनरतीन गोलको बराबरी खेलेका छन् । भिल्ला पार्कमा गएराति भएको खेलमा लिभरपुलले शुरुवाती अग्रता जोगाउन सकेन । बराबरीसँगै लिभरपुल ३७ खेलमा ७९ अङ्कका साथ तालिकाको तेस्रो स्थानमा छ ।

समान खेलमा एस्टन भिल्ला ६८ अङ्कसहित चौथो स्थानमा छ । खेलको दोस्रो मिनेटमै लिभरपुलले एमिलियानो मार्टिनेजको उपहार गोलबाट अग्रता बनाएको थियो । तर, १२ औँ मिनेटमा यूरी टिलेम्यान्सले गोल गरे र एकरएकको बराबरीमा ल्याए । तर २३ औँ मिनेटमा कोडी गाक्योले र ४८ औँ मिनेटमा जेरेल क्वान्साहले गोल गर्दा लिभरपुलले दुई गोलको अग्रता बनाएको थियो । तर खेलको ८५ औँ र ८८ औँ मिनेटमा एस्टन भिल्लाका जोन डुरानले गोल गरेपछि खेल बराबरी भयो ।

प्रिमियर लिगमा आज एउटा खेल हुँदैछ । आज राति नेपाली समयअनुसार पौने एक बजे दोस्रो स्थानको म्यानचेस्टर सिटी र पाँचौ स्थानको टोटनहम खेल्दैछन् । सिटी ३६ खेलमा ८५ अङ्कसहित तालिकाको दोस्रो र समान खेलमा ६३ अङ्कसहित टोटनहम पाँचौ स्थानमा छ । शीर्ष स्थानमा रहेको आर्सनलको ३७ खेलमा ८६ अङ्क छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
spot_img
सम्बन्धित
थप

लोकप्रिय