Sunday, October 6, 2024

दोस्रो नक्षत्र ब्याडमिन्टन च्याम्पियनसिप अमेरिकामा सम्पन्न

spot_img

३१ बैसाख । दोस्रो नक्षत्र ब्याडमिन्टन च्याम्पियनसिप अमेरिकाको कोलम्बसस्थित ओहियोमा सम्पन्न भएको छ । ११ मे मा सम्पन्न प्रतियोगिता मेन्स सिङगल्स् ‘ए’ र ‘बी’ डिभिजन, मेन्स डबल्स् ‘ए’ र ‘बी’ डिभिजन र वुमेन्स् सिंगल्स् ‘ए’ डिभिजनमा विभाजन गरी खेलाईएको थियो ।

जसमा मेन्स सिंगल्स ग्रुप ए तर्फ पदम राई विजयी भएका छन् भने मेन्स सिंगल्स बी तर्फ कञ्चन राईले उपाधीसँगै ६ सय डलर हात पारेका छन् । त्यस्तै ग्रुप ए र बी मा दोश्रो हुने क्रमश नर सुब्बा र अम्बर तुम्बापोले ४ सय डलर सहित ट्रफी र मेडल प्राप्त गरेका छन् । प्रतियोगितामा तेश्रो हुने राज योगी र दावा तामाङ्ग ले ट्रफी र मेडल पाएको आयोेजकले जनाएको छ ।

यस्तै वुमन्स सिंगल्स तर्फ ईन्द्र तुम्बापोले उपाधी जितिन् । उनले उपाधी सँगै ७ सय डलर, ट्रफी र मेडल प्राप्त गरिन् भने अमृता साउदेन र ईक्सा पुमा क्रमश दोश्रो र तेश्रो बने । अमृताले ५ सय सहित ट्रफी र मेडल हात पार्दा ईक्साले ट्रफी सहित मेडल प्राप्त गरिन् ।

मेन्स डबल्स तर्फ ग्रुप ए मा राज योगी र छवी चपागीको जोडीले उपाधीसँगै १ हजार २ सय डलर जित्दा उपविजेता बनेको अर्जुन माङपाङ र सुशिल साउदेनको जोडीले ९ सय डलरमा चित्त बुझायो । यस्तै यही क्याटगरीमा बाब्देन सुब्बा र अशोक थापाको जोडी तेश्रो भयो ।

यस्तै मेन्स डबल्स तर्फ ग्रुप बी को उपाधी भने कञ्चन राई र नाम्साङ सुब्बाको जोडीले जितेको छ । उपाधीसँगै उनीहरुले ९ सय डलर हात पारे । यस्तै सुक्रराज राई र हर्क थापाको जोडीले दोश्रो हुदै ७ सय डलर जितेको छ भने तेश्रो बनेको डोपाल लेप्चा र ईन्द्र तुम्बापोको जोडीले ट्रफी र मेडल प्राप्त गरेका छन् ।

प्रतियोगितमा कुल १० स्थानका १ सय १५ नेपाली भाषी खेलाडी सहभागी भएको आयोजक नक्षत्र फाउण्डेसनले जनाएको छ । कार्यक्रममा फाउण्डेसनका सिइओ अर्जुन सुवेदी, एक्रोन र्याकेट ब्याटमिन्टन क्लवका म्यानेजर गोपाल लेप्चा, सिक्सटिन फिदर ब्याटमिन्टन क्लवका सिनियर खेलाडी भुपती प्रधान, इन्डियानाका सिनियर ब्याटमिन्टन खेलाडी अर्जुन राज भण्डारी सहित सुर्य थापा, छवीलाल योगी, अम्बर तुम्बापो, हर्क थापा लगायतको आतिथ्यता रहेको थियो ।

What’s your Reaction?
+1
2
+1
0
+1
0
+1
0
+1
0
+1
1
spot_img
सम्बन्धित
थप

लोकप्रिय