Sunday, October 6, 2024

क्याम्पका सचिवहरुद्वारा गृह मन्त्रालय र संयुक्त राष्ट्रसंघ शरणार्थी उच्च आयोगमा पनि ज्ञापन पत्र

spot_img

बैशाख ३०, झापा ।  भुटनिज शरणार्थीहरुको जीवन यापनका समस्याहरु दिगो समाधानको बिषयलाई समेट्दै झापाको बेलडाङ्गी क्याम्प र मोरङको पथरी शनिश्चरे क्याम्पका शिविर सचिवहरुले प्रधानमन्त्री पुष्प कमल दाहाललाई उहाँको जन संपर्क अधिकारी बुद्दी जिसी मार्फत ज्ञापन पत्र बुझाएका छन । 

नक्कली शरणार्थी प्रकरण भनेर कारण देखाउदै अहिले नेपाल सरकारले जन्म दर्ता , ट्राभल डकुमेण्ट र शरणार्थी परिचय पत्र नविकरणमा रोक लगाएको छ । जसको कारण प्रत्यक्ष रुपमा जीवन यापनमा कानुनी जटीलताले गर्दा समय भईरहेको छ । क्याम्पका सचिवहरुद्वारा गृह मन्त्रालयमा र संयुक्त राष्ट्रसंघ शरणार्थी उच्च आयोगमा पनि ध्यानाकर्षण गर्दै ज्ञापन पत्र बुझाएको छ । आगामी ३ महिनामा धेरै वटा समस्या समाधान हुन सक्ने आश्वासन सम्बन्धित निकायका पदाधिकारीहरुद्वारा जानकारी गराईएको छ । 

स्वदेश फिर्तीको मुद्दा यथावत नै रहेता पनि तत्काललाई दैनिक जीवन शैलीलाइ प्रभाबित गर्ने बिषय प्रती गम्भिर हुन बेलडाङ्गी क्याम्प सचिव सन्चहाङ सुब्बा र पथरी शनिश्चरे क्याम्प सचिव करण राईले जानकारी दिनुभयो ।

What’s your Reaction?
+1
0
+1
1
+1
0
+1
0
+1
0
+1
0
spot_img
सम्बन्धित
थप

लोकप्रिय