Saturday, October 5, 2024

साउदी प्रो लिगको उपाधि अल हिलाललाई

spot_img

बैशाख ३०, काठमाण्डौ ।   साउदी प्रो लिगको उपाधि अल हिलालले जितेको छ । गएराति भएको खेलमा अल हिलालले अल हाजमलाई ४–१ गोल अन्तरले हराउँदै यो सिजनको उपाधि जितेको हो ।

अल हिलालको यो १९ औँ लिग उपाधि हो । अल हिलालको जितमा अलेक्जाण्डर मिट्रोभिकले दुई तथो सेर्गेज मिलिन्कोभिकले एक गोल गरे । उसले एक गोल उपहार पायो । अल हाजमका फैज सेलेमानीले एक गोल फर्काए ।

अल हिलाल यो सिजन अपराजित रहँदै ३१ खेलमा ८९ अङ्क जोडेको छ । उपाधि जितेको अल हिलालले लिगमा तीन खेल खेल्न बाँकी छ । दोस्रो स्थानमा रहेको अल नासर ३१ खेलमा ७७ अङ्क छ । अल नासर शीर्ष स्थानको अल हिलालभन्दा १२ अङ्कले पछि छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
spot_img
सम्बन्धित
थप

लोकप्रिय