Monday, October 7, 2024

अफगानिस्तानमा बाढी पहिरोमा परेर तीन सय जनाभन्दा धेरैको मृत्यु

spot_img

अफगानिस्तानमा बाढी पहिरोमा परेर तीन सय जनाभन्दा धेरै जनाको ज्यान गएको छ । एक सय २० जनाभन्दा धेरै घाइते भएका छन् । उत्तरी अफगानिस्तानको बाग्लान र ताखर प्रान्तमा आएको ठूलो बाढीले अवस्था भयावह बनाएको छ ।

केही अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले संयुक्त राष्ट्रसंघको अन्तर्राष्ट्रिय आप्रवासन संगठनलाई उद्धृत गर्दै बाग्लानमा तीन सय जनाभन्दा धेरै मानिसको ज्यान गइसकेकोको र हजारौं घरहरू नष्ट वा क्षतिग्रस्त भएको बताएका छन् । बाढीले बिजुली र सडकसमेत अवरुद्ध हुँदा क्षतिको वास्तविक विवरण समेत सरकारसमक्ष पुग्न सेकेको छैन ।

विद्यालय, अस्पताल र सामुदायिक भवनसमेत बाढीमा बगेका कारण मानिसलाई उद्धार गरेर राख्ने ठाउँकोसमेत अभाव रहेको खबरमा उल्लेख छ । आँधी र बाढीले बदाख्शान र सामन्गानसहित अन्य उत्तरी प्रान्तका अधिकांश भागमा पनि क्षति पुर्‍याएको छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
spot_img
सम्बन्धित
थप

लोकप्रिय