Saturday, October 5, 2024

युरोपा लिगको उपाधिका लागि लेभरकुजेन र एटलान्टा खेल्ने

spot_img

बैशाख २८, काठमाण्डौ । यूईएफए युरोपा लिग फुटबलको उपाधिका लागि जर्मन क्लब लेभरकुजेन र इटालियन क्लब एटलान्टा खेल्ने भएका छन् । गएराति भएको सेमिफाइनलको दोस्रो लेगमा लेभरकुजेनले इटालियन क्लब रोमासँग दुई/दुई गोलको बराबरी खेल्यो । समग्रमा ४–२ गोलसहित लेभरकुजेन फाइनलमा पुगेको हो ।

पहिलो लेगमा लेभरकुजेन २–० गोलले विजयी भएको थियो । लेभरकुजेन युरोपमा ४९ खेलसम्म अपराजित रहने पहिलो टोली पनि बनेको छ । उसले पोर्चुगिज क्लब बेन्फिकाको नाममा रहेको ४८ खेलको अपराजित कीर्तिमान तोडेको छ ।

अर्को खेलमा फ्रेन्च क्लब मार्सेलीलाई हराउँदै एटलान्टा फाइनलमा पुग्यो । सेमिफाइनलको दोस्रो लेगमा मार्सेली ३–० ले पराजित भयो । एटलान्टा समग्रमा ४–१ ले विजयी भयो । पहिलो लेग एकरएक गोलको बराबरीमा सकिएको थियो । फाइनल खेल मे २३ तारिखमा हुनेछ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
spot_img
सम्बन्धित
थप

लोकप्रिय