Monday, July 8, 2024

मृत्यु 💀

मृत्यु
शब्दको अर्थ-
शब्दकोशमा खोज्ने हैन
कसैको परिभाषामा बुझ्ने हैन
पर्यायवाची शब्दले निफन्ने हैन
‘भाव’ मा मात्र-
मृत्युको सत्यता छ
मृत्युको अर्थ छ
किन कि-
सबैको मृत्यु देखिन्छ उस्तै
तर,
मृत्यु एउटै हुँदैन
मृत्यु-
फरक हुन्छ
कारण-
मृत्युको ‘भाव’ नै फरक हुन्छ
५ वर्षको वालकको मृत्यु !
९० वर्षको वृद्धको मृत्यु !
मृत्यु त मृत्यु हो‘
तर,
भाव फरक छ
किन कि-
समवेदना फरक छ
पीडा फरक छ
कारण-
समय !
माया !
समर्पण !
मृत्यु-ढिलो ‘छिटो’
निश्चित छ
गाह्रो त
स्विकार्न नसक्नु नै हो
त्यो भन्दा गाह्रो त-
परिस्थितिको एउटा कथा छ-
सन्तानको नाममा
छोरो नजन्मदा
आमाले पाएको अभिशापको कथा
मृत्युको कथा‘
५ वर्षको छोराको मृत्यु !
ति आमाको
सहनशीलता भित्रको
यो कठिनता !
निराशा भित्रको
यो भाव !
त्यसैले
मृत्युको अर्थ……
आमाको आँशुको भावमा देखिन्छ
रित्तो काखको भावमा देखिन्छ
वेदनाको भावमा देखिन्छ
मृत्युको अर्थ
केवल-
भावमा भेटिन्छ ।।

What’s your Reaction?
+1
10
+1
2
+1
0
+1
0
+1
0
+1
1
सम्बन्धित
थप

लोकप्रिय