भदौ १९। साफ च्याम्पियनसिपको १२औं संस्करणको पहिलो खेल आज अपरान्ह ४ बजे देखी नेपाल र पाकिस्तान बीच बङ्गबन्धु रंगसाला ढाकामा सुरु भएको छ।
अन्तर्राष्ट्रिय फुटबलमा नेपाल र पाकिस्तान कुल १५ पटक खेलेका छन् । जसमा पाँच खेल नेपालले र पाँच खेल पाकिस्तानले जितेको छ । बाँकी पाँच खेल बराबरीमा सकिएको छ । नेपाल र पाकिस्तान अन्तिम पटक सन् २०१३ को साफ च्याम्पियनसिपमा नै खेलेका थिए । जुन खेल १–१ गोलको बराबरीमा सकिएको थियो ।
खेलको प्रत्यक्ष प्रसारण एपी वान टीभीले गरीरहेको छ।