Saturday, October 5, 2024

यूईएफए च्याम्पियन्स लिग फुटबलमा रियल म्याड्रिड फाइनलमा प्रवेश

spot_img

यूईएफए च्याम्पियन्स लिग फुटबलमा रियल म्याड्रिड फाइनलमा प्रवेश गरेको छ । घरेलु मैदानमा भएको सेमिफाइनलको दोस्रो लेगमा हिजो २–१ र समग्रमा ४–३ को जित निकाल्दै रियल म्याड्रिड फाइनलमा पुगेको छ ।

शुरुमा एक गोलले पछि परेको अवस्थामा खेलको अन्तिमतिर मैदान प्रवेश गरेका जोसेलुले केही मिनेटको अन्तरालमा २ गोल गरेपछि रियल फाइनल प्रवेश गरेको हो । उनले खेलको ८८ औँ मिनेटमा र इन्ज्युरी समयको पहिलो मिनेटमा गोल गरे । बायर्न म्युनिखका अल्फोन्सो डेविसले खेलको ६८ औँ मिनेटमा गोल गरेर अग्रता बनाएका थिए । बायर्न म्युनिखको घरेलु मैदानमा भएको पहिलो लिग २–२ को बराबरीमा सकिएको थियो ।

रियलले अब फाइनलमा उपाधिका लागि जर्मन टोली बोरुसिया डर्टमण्डसँग खेल्नेछ । डर्टमण्डले सेमिफाइनलमा फ्रेन्च टोली पेरिस सेन्ट जर्मेन (पिएसजी)लाई समग्रमा २–० ले हराएर फाइनल प्रवेश गरेको थियो । च्याम्पियन्स लिगको फाइनल आउने जुन २ ताखिमा बेलायतमा हुनेछ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
spot_img
सम्बन्धित
थप

लोकप्रिय