Monday, October 7, 2024

इजरायलमा बमलगायतका विस्फोटक पदार्थ पठाउनमा अमेरिकाले रोक लगायो

spot_img

प्यालेस्टिनी विद्रोही समूह हमासले इजरायलसँगको युद्धमा अमेरिकाले गाजाको शहर रफाह आक्रमणलाई ध्यानमा राख्दै इजरायलमा बमलगायतका विस्फोटक पदार्थ पठाउनमा रोक लगाएको छ ।

राष्ट्रपति जो बाइडेनको प्रशासन कार्यालयका अनुसार अमेरिकाले इजरायल पठाउन लागेको नौ सय सात किलो तौलका एक हजार आठ सय बम र दुई सय २० केजी तौलका एक हजार सात सय बम रोकेको बीबीसीले जनाएको छ ।इजरायलले गाजाको रफाहमा आक्रमण गर्ने उद्देश्यले त्यहाँ बस्ने मानिसलाई अन्यत्र जान भनेको थियो । तर उनीहरूलाई सुरक्षित रूपमा बाहिर निकाल्ने योजना नबनाएसम्म रफाहमा इजरायली आक्रमणलाई समर्थन नगर्ने अमेरिकाले बताएको छ ।

इजरायलका प्रधानमन्त्री बेन्जामिन नेता न्याहुले धेरै महिनादेखि रफाहमा हमासविरुद्ध ठूलो मात्रामा कारबाही नगरेसम्म युद्ध जित्न नसकिने भन्दै आक्रमण तीव्र बनाउने कुरामा जोड दिँदै आउनुभएको छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
spot_img
सम्बन्धित
थप

लोकप्रिय