Sunday, October 6, 2024

‘किन माया गर्‍यौ २ ?’ नामक म्युजिक भिडियो सार्वजनिक हुँदै

spot_img

चर्चित गायिका अन्जु पन्त र कर्मा ग्याल्जेन बम्जन को स्वरमा रहेको ‘किन माया गर्‍यौ २ ?’ नामक म्युजिक भिडियो अब केही दिनमा सार्वजनिक हुने भएको छ । बिनु मैनालीको शब्द रहेको नयाँ गीत ‘किन माया गर्‍यौ २ ?’ म्युजिक भिडियो दर्शकहरुका लागि सार्वजनिक गरिने तयारी भइरहेको वरिष्ठ समाजसेवी मेग सुवेदीले भूटनीज न्यजलाई जनाएका छन् ।

पूर्व ग्ल्यामर तथा फेसन फोटोग्राफीमा अब्बल रहेका निदेशक कुबेर तामाङको निर्देशन रहेको छ । गितारमा सन्जिव बराइली, बाँसुरीमा नगेन्द्र बिक्रम राई, तबला तथा ढोलकमा भुवन गन्धर्व र प्रोडक्सन म्यानेजरमा ईश्वर बल्लभ उप्रेती रहेका छन् । यस भिडियोको सम्पादन मोहन सुनुवारले गरेका छन् । मेलोडी नेपाल द्वारा निर्माण गरिएको म्युजिक भिडियोको निर्देशन कुबेर तामाङले गरेका हुन् ।

यस म्यूजिक भिडियोमा संगित र संगित संयोजन कर्मा ग्याल्जेन बम्जनले गरेका छन् ।

यस म्यूजिक भिडियोमा मोडल वरिष्ठ समाजसेवी मेग सुवेदी, रीचा थापा साथमा संगिता खड्का चाइल्ड कास्टमा समिना श्रेष्ठको लगायतको बेजोड अभिनय रहेको छ । यस भिडियोले आम दर्शकको मन जित्ने आशा गरिएको छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
spot_img
सम्बन्धित
थप

लोकप्रिय