Sunday, October 6, 2024

राष्ट्रिय तथ्यांक कार्यालयका अनुसार नेपालीको औसत आयु ७१.३ वर्ष

spot_img

नेपालीको औसत आयु विगत ४० वर्षको अवधिमा २० वर्षले बढेको छ। राष्ट्रिय तथ्यांक कार्यालयले सार्वजनिक गरेको ‘राष्ट्रिय जनगणना २०७८ जनसांख्यिक सूचक र जनसंख्या साक्षरता’ प्रतिवेदनमा नेपालीको औसत आयु विगत ४० वर्षमा २० वर्षले बढेको उल्लेख छ।

महिलाको औसत आयु पुरुषको भन्दा पाँच वर्ष बढी रहेको तथ्यांकले देखाएको छ। प्रदेशगत आधारमा कर्णालीका महिलाहरूको औसत आयु बढी छ। जनसांख्यिक सूचकले नेपालीहरूको औसत आयु ७१.३ वर्ष पुगेको देखाएको छ। ४० वर्षअघि अर्थात् २०३८ सालमा गरिएको जनगणनाअनुसार नेपालीको औसत आयु ४९.८ वर्ष थियो। २०७८ सालको जनगणनाले पुरुषको औसत आयु ६८.२ वर्ष र महिलाको औसत आयु ७३.८ वर्ष पुगेको देखाएको छ। यसबाट समग्रमा पुरुषभन्दा महिलाको औसत आयु पाँच वर्ष बढी रहेको देखाउँछ।

नयाँ जनसांख्यिक सूचकले अब राज्यले शिक्षा, स्वास्थ्य तथा विकास नीति र नियमहरू नयाँ तरिकाले बनाउनुपर्ने देखाएको राष्ट्रिय तथ्यांक कार्यालयका निर्देशक ढुण्डीराज लामिछानेले बताए।

२०७८ मा आउँदा महिलाको औसत आयु ७३.८ वर्ष पुगेको छ। पुरुषको औषत आयु ४० वर्षअघि महिलाको भन्दा बढी थियो। पुरुषको औसत आयु २०३८ साल ५०.९ वर्ष, ०४८ सालमा ५५ वर्ष, ०५८ मा ६१.१ वर्ष र ०६८ सालमा ६६.४ वर्ष थियो। २०७८ को जनगणनाले पुरुषको औसत आयु ६८.२ वर्ष पुगेको देखाएको छ। तथ्यांक विश्लेषण गर्दा पुरुषको औसत आयु २०४८ सालसम्म महिलाको तुलनामा बढी भएकोमा त्यसपछि घट्दै गएको देखिन्छ।

सार्वजनिक जनसांख्यिक तथ्यांक अनुसार कर्णालीका महिलाको औसत आयु अन्य प्रदेशका महिलाको तुलनामा बढी छ। यसबाट कर्णालीका महिला बढी बाँच्ने गरेको नयाँ तथ्य बाहिर आएको छ। सूचकअनुसार कर्णालीका महिलाको औसत आयु ७५.५ वर्ष पुगेको छ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
spot_img
सम्बन्धित
थप

लोकप्रिय