Monday, October 7, 2024

जीबीओद्वारा चौथो वार्षिक सम्मेलनको घोषणा

spot_img

अस्मिता साँखी
१९ बैसाख, झापा ।  ग्लोबल भुटानी संगठन (जीबीओ) को चौथो बार्षिक सम्मेलन ३१ अगष्ट २०२४ मा संयुक्त राज्य अमेरिकाको सेन्ट्रल ओहायोको रेनोल्ड्सबर्ग सहरमा आयोजना हुने भएको छ ।
भुट्निज कम्युनिटी अफ सेन्ट्रल ओहायो (बीसीसीओ) र किराँत कम्युनिटी अफ सेन्ट्रल ओहायो(केसीसीओ) को संयुक्त आयोजनामा हुने कार्यक्रममा अन्य विभिन्न संघसंस्थाहरुले सहयोग गर्नेछन ।
कार्यक्रमलाई मदिना होम हेल्थकेयर एलएलसी, फेसन बजार, होलसेल हजार, सोलो मेडिकल ट्रान्सपोर्टेसन एलएलसी सहित अन्य संघसंस्थाहरुले प्रायोजक गरेका छन् भने कार्यक्रम हल हिमालयन केयर सेन्टरले प्रायोजन गरेको जीबीओका अध्यक्ष डीबी राईले जानकारी दिनुभयो ।
जीबीओले आफ्नो अधिवेशनको क्रममा वार्षिक रूपमा राज्य र राष्ट्रिय स्तरमा अधिवेशन कार्यक्रम आयोजक समिति गठन गर्दै आएको छ । यस वर्षको नेतृत्वमा डीबी राई, मित्र सुवेदी, धर्मिन्द्र तिम्सिना, सुदर्शन प्याकुरेल, बीबी पौडेल, अर्जुन रसाइली, काशी अधिकारी, मेघनाथ अधिकारी, देवाशिष पौडेल, कुल चेम्दोङ्ग, डीके याम्फु, राजु लिबाङ, आरबी खड्का, आरबी खड्का, सबिन धिमाललगायत रहेका छन् ।
शान्ता लामा, रमन धिमाल, डीबी अधिकारी, गोमा मिश्र, तोया आचार्य, राजा प्रधान, विश्वास गुरुङ, डेन्जोम साम्पाङ, चन्द्र सिटौला, भगत राई, विनय लुईटेल, मिग्मार तामाङ, कुविर तिवारी, सोम ढकाल, झलक अधिकारी, अशोक गुरुङ, तरण तिवारी, विष्णु खड्का, गंगा तिवारी, हर्क सुब्बा, द्रौपदी प्रधान, शिव एल दाहाल, इन्द्र गुरुङ, दीपक गिरी, पूर्ण राई (रञ्जु राई), शान्ता मगर, अर्जुन प्रधान, जङ्गा कालीकोटे, मुकेश गुरुङ, जगन्नाथ अधिकारी, रणजित प्रधान, प्रचण्ड र आनन्द विष्ट रहेका छन् ।
महाधिवेशन कार्यक्रम आयोजक समितिले आफ्नो कार्यक्रमको विवरण सहित विभिन्न माध्यमबाट सामुदायिक संघसंस्था, स्थानीय सरकारका प्रतिनिधि, व्यवसायी, दाता, कलाकार र समुदायका सदस्यलाई चाँडै नै निमन्त्रणा गर्ने अध्यक्ष राईले बताउनुभयो ।

कार्यक्रमका आकर्षणहरूः
जीबीओ परियोजना प्रस्तुतीकरण, वार्षिक प्रतिवेदन, शरणार्थी बालबालिकाको शिक्षा, पोषण, स्वास्थ्य सेवा, र जीबीओ राहत सहयोग कार्यक्रमहरू भुटानी शरणार्थी शिविर बेलडाँगी झापा र पथरी शनिश्चरे मोरङ, जीबीओ देश तथा राज्यहरूमा सञ्चालित छन् ।
राज्य तथा शहरहरू अपडेट गर्ने, उदीयमान भुटानी र नेपाली कलाकारहरूद्वारा सांस्कृतिक प्रस्तुति, जीबीओका दाताहरू, साझेदार संस्थाहरू, स्वयंसेवकहरू, प्रायोजकहरू थप सम्मान गरिनेछ ।
ग्लोबल भुटानी संगठन (जीबीओ) ले सन् २०२० देखी अष्ट्रेलिया, क्यानडा, डेनमार्क, नेदरल्यान्ड्स, नर्वे, न्यूजिल्याण्ड, बेलायत र संयुक्त राज्य अमेरिकामा पुर्नस्थापित आठ भुटानी समुदायसँगको सहकार्यमा प्रारम्भिक बाल शिक्षा कार्यक्रम, ईसीडीसी बेलडाँगीलाई आर्थिक र स्रोत सहयोग प्रदान गर्दै आएको छ । त्यस्तै पथरी शनिश्चरे शिविरमा श्री बाटिका बाल विकास केन्द्र, स्वास्थ्य सेवा, विपद् व्यवस्थापन र राहत सहयोग जस्ता कार्यक्रमहरु गर्दै आएको छ ।
हालसम्म जीबीओले भुटानी डायस्पोरा समुदायका आफ्ना साझेदार संस्थाहरूको सहयोगमा १ करोड ८८ लाख नेपाली रुपैँया भन्दा धेरै रकम सहयोग गरी सकेको छ । जसमा जीबीओ युएसएबाट १ करोड ४० लाख ४७ हजार तीन सय ४५ रुपैँया, जीबीओ डेनमार्कबाट १६ लाख ५५ हजार ६ सय ५१, जीबीओ क्यानडाबाट १० लाख ५ हजार दुई सय ७२ रुपैँया, जीबीओ अस्ट्रेलियाबाट १३ लाख २५ हजार ७ सय ७९ रुपैँया, जीबीओ यूके बाट ४ लाख २३ हजार ७ रुपैँया, जीबीओ न्युजिल्याण्डबाट २ लाख ६९ हजार ७ सय ९२ रुपँैया, जीबीओ नेदरल्याण्ड्सबाट १ लाख ३२ हजार १ सय ११ रुपैँया संकलन भएको हो भने अन्य सरोकारवाला संघसंस्था, दाता तथा व्यक्तिगत सहयोग मार्फत उक्त रकम संकलन भएको हो ।
भुटानी शरणार्थीहरूको पुनर्वास पछिको इतिहासमा पहिलो पटक ७० भन्दा बढी नाफामुलक एवम् गैरनाफामुलक संघसंस्था, व्यापार संगठन, धार्मिक एवम् सांस्कृतिक संस्थाहरू, र धेरै सहयोगी हातहरूले जीबीओको सहयोग परियोजनाहरूमा आफ्नो ऐक्यबद्धता र आर्थिक सहयोग विस्तार गरेका जनाईएको छ ।

जीबीओद्वारा हाल सञ्चालनमा रहेका परियोजनाहरू :
— पथरी शनिश्चरे शिविरमा रहेको ईसीडीसी बेलडाँगी विद्यालय र श्रीबाटिका बाल विकास केन्द्र विद्यालय गरी २ वटा विद्यालय सञ्चालमा छन् जसमा ३ बर्षदेखी ७ वर्षसम्मका ३०० बालबालिका प्रारम्भिक बाल्यकाल ग्रेडहरूमा प्ले ग्रुप, नर्सरी, किन्डर गार्टन, र ग्रेड वन मा अध्ययन गरीरहेका छन् ।
— बाल पोषण कार्यक्रम ।
— स्वास्थ्य सेवा ।
— झापा र मोरङमा गरी नेपालमा २४ जना कामदार तथा कर्मचारीहरु लाई रोजगारी को अवसर प्रदान गर्दै ।
— विभिन्न अवसरहरूमा शिविरमा विपद् र शोकमा परेका धेरै जोखिममा परेका परिवारहरूलाई राहत सहयोग प्रदान गरेको छ ।
त्यस्तै जीबीओले एक विज्ञप्ती मार्फत सबै साझेदार संस्थाहरू र दाताहरूलाई शिविरहरूमा सेवाका कार्यहरू जारी राख्दै मानविय सहायता र आर्थीक सहयोगका लागि धन्यवाद पनि दिएको छ र निरन्तर त्यस्तै सहयोगको खोजीमा रहेको जनाएको छ । जीबीओको मिसनलाई विश्वव्यापी बनाउन खटिने स्वयम्सेवक टोलीका सदस्यहरुको समर्पणको प्रशंसा पनि गरेको विज्ञप्तीमा उल्लेख गरिएको छ ।
जीबीओ एवम् स्टेट अर्गनाईजेसन कमटीको तर्फबाट भुटानी समुदाय डायस्पोरामा रहेका सबैबाट प्र्राप्त भएको प्रायोजन सहित आर्थीक, भौतिक एवम् रचनात्मक सहयोग, नवीन विचार र बहुमूल्य सुझावहरू सहित सम्मेलनमा सहभागिताको लागि अनुरोध गरिएको छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
spot_img
सम्बन्धित
थप

लोकप्रिय