Monday, October 7, 2024

अमेरिकामा साहित्यिक कार्यक्रम सम्पन्न

spot_img

अमेरिकामा आयोजना गरिएको एक साहित्यिक कार्यक्रम सौहार्दपूर्ण वातावरणमा सम्पन्न भएको छ । कोलम्बस साहित्यिक तथा सांस्कृतिक मन्चले आयोजना गरेको कार्यक्रममा कवी दीपीत धिमाल र गजलकार हिमशिखरले कविता र गजल वाचन गर्नुभएको थियो ।

कार्यक्रममा कवी र गजलकारसँगै उपस्थित अरु साहित्यकारहरुले पनि आफ्ना सिर्जना वाचन गरेका थिए । कार्यक्रममा सुसन माझी, तिला आचार्य, रुभेन ढुङ्गाना, सोफिया अधिकारी, इशोर ढकाल, किरण अधिकारी, गीता ढुङ्गेल लगायत स्रस्टाहरुको उपस्थिति रहेको आयोजकले जनाएको छ ।

दिउँसो २ बजेबाट सुरु भएको कार्यक्रममा उपस्थित साहित्यप्रमीहरुलाई सबिन धिमालले स्वागत गर्नुभएको थियो भने सभापती अर्जुन रसाइलीको मन्तव्यबाट कार्यक्रम साँझ ५ः३० बजे समापन भएको थियो ।

करिब ४० जना साहित्यप्रेमीको जमघट भएको उक्त कार्यक्रमको सन्चालन आरबी खड्काले गर्नुभएको थियो । भुवन प्याकुरेलको प्रमुख आतित्थ्यता रहेको कार्यक्रममा विशिस्ट अतिथीहरु गोमा कोइराला, लिला निशा, बासुदेव कोइराला र गङ्गा लामिटारे रहनुभएको थियो ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
spot_img
सम्बन्धित
थप

लोकप्रिय