Monday, October 7, 2024

प्रधान सम्पादक प्रधानको परिवारमा शोक, हजुरआमा धनमाया प्याकुरेलको १ सय १ बर्षको उमेरमा निधन

spot_img

भुटनिज डट न्युजका प्रधान सम्पादक एवम् मिडिया एनालिष्ट अर्जुन प्रधानकी हजुरआमा धनमाया प्याकुरेलको १ सय १ बर्षको उमेरमा निधन भएको छ । भुटानको चिराङ् जिल्ला अन्तर्गत राते खोला गाउँमा सन् १९२३ जनवरी १ मा जन्मनुभएकी प्याकुरेलको गत अप्रिल ७ मा अमेरिकाको पेन्सिलभेनियामा निधन भएको पारिवारिक श्रोतले जनाएको छ ।

बाल्यकाल देखि नै मिलनसार र मृदुभाषी छवी भएकी प्याकुरेलले चिराङ् जिल्ला अन्तर्गत छोकाना चनौटे निवाशी पण्डित काशिनाथ प्याकुरेलसंग दाम्पत्य जीवनमा बाँधिनुभई छ जना सन्तानलाई जन्म दिनु भएको थियो । दिवंगत धनमाया पण्डित उपेन्द्र प्याकुरेलकी जेठी माता हुनुहुन्थ्यो ।

देश निस्कासनको कुचक्रमा परेर सन् १९९० को दशकमा शरणार्थी बनी बेलडागी १ मा दुई दशक शरणार्थी जीवन बिताउनु भएकी उहाँले जगद्गुरु योगिराज स्वामीजीसंग श्री सम्प्रदायमा पञ्चसंस्कार दीक्षा ग्रहण गरेर गुरु वाक्यमा विश्वास एवं श्रद्धा र भक्तिका साथ आजीवन रहनुभयो ।

पुनर्वासको क्रममा संयुक्तराज्य अमेरिकाको पेन्सिलभेनिया राज्य अन्तर्गत मेकानिसवर्क शहरमा स्वर्गिय चापागाई परिवारका साथमा बसोबास गर्दै आउनु भएको थियो । गत अप्रिल ७ बिहिबार बिहान ९ः३० बजेको समयमा उहाँले आफन्त, छोराछोरी, दाजुभाई, दिदीबहिनी, सम्पत्ति, इष्टमित्र र शरीरलाई छाडेर संसारबाट बिदा हुनुभयो ।

मातृशोक रूपी ज्वालामा पर्नु भएका प्रिय परिवारप्रति भुटनिज न्युज परिवार हार्दिक समवेदना व्यक्त गर्दछौँ एवम् दिवंगत आत्मालाई वैकुण्ठारोहणको निमित्त ईष्टदेवसँग प्रार्थना गर्दै भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दर्छौ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
spot_img
सम्बन्धित
थप

लोकप्रिय