Monday, October 7, 2024

दक्षिण अफ्रिकामा पुलबाट बस खस्दा ४५ जनाको ज्यान गयो

spot_img

दक्षिण अफ्रिकामा एउटा बस पुलबाट खाल्डोमा खस्दा ४५ जनाको ज्यान गएको छ । ४६ जना यात्रु रहेको बस दुर्घटना हुँदा एक आठ वर्षीया बालिका मात्र बाँच्न सफल भएकी बीबीसीले जनाएको छ । उनलाई उपचारका लागि अस्पताल लगिएको छ ।

दक्षिण अफ्रिकाको उत्तरपूर्वी लिम्पोपो प्रदेशमा रहेको पुलबाट बस खसेर जमिनमा ठोक्कि‌दा आगो लागेको थियो । दुर्घटनामा क्रिस्चियनको धार्मिक कार्यक्रम इस्टर सेवाका लागि मोरिया सहरमा जाँदै गरेका तीर्थयात्री परेका खबरमा उल्लेख छ ।

घटनास्थलमा पुगेका यातायात मन्त्री सिन्दिसिवे चिकुंगाले बस दुर्घटनामा परी ज्यान गुमाएका परिवारप्रति समवेदना प्रकट गर्नुभएको छ । उहाँले सरकारले दुर्घटनाको कारणको पूर्ण अनुसन्धान गरी आफन्तलाई शव बुझाउन मद्दत गर्ने बताउनुभएको बीबीसीले जनाएको छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
spot_img
सम्बन्धित
थप

लोकप्रिय