Monday, October 7, 2024

अमेरिकामा अन्धाधुन्ध चक्कु प्रहार हुँदा ४ जनाको मृत्यु

spot_img

१५ चैत, काठमाडौं । अमेरिकाको इलिनोइस राज्यमा एक व्यक्तिले अन्धाधुन्ध चक्कु प्रहार गर्दा चार जनाको मृत्यु भएको छ भने कम्तीमा पाँच जना घाइते भएका छन् ।

स्थानीय समयअनुसार बुधबार दिउँसो भएको घटनामा घाइतेमध्ये एक जनाको अवस्था नाजुक रहेको छ ।

मृत्यु हुनेमा १५ वर्षीया किशोरी, ६३ वर्षीया महिला, ४९ वर्षीय पुरुष र २२ वर्षीय युवक रहेको प्रहरीको भनाई छ । मृत्यु हुनेमा एक जना हुलाकका कर्मचारी रहेका छन् ।

घटनाका आरोपित २२ वर्षीय युवकलाई प्रहरीले पक्राउ गरी अनुसन्धान गरिरहेको छ । के कारणले आक्रमण गरियो भन्ने अझै खुल्न सकेको छैन ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
spot_img
सम्बन्धित
थप

लोकप्रिय