Sunday, October 6, 2024

अमेरिकामा बरिष्ठ संगीतकार रन्जित गजमेर उत्सब हुने

spot_img

बरिष्ठ संगीतकार रन्जित गजमेरको रन्जित गजमेर उत्सब हुने भएको छ । नेपाली संगीतमा धेरै महत्वपूर्ण योगदान पुर्याएका गजमेर भारतमा नै बस्दै आए पनि नेपाली गीत संगीतको लागि उनको योगदान बिर्सन नसकिने छ । उनले कुसुमे रुमाल, बिरताको चिनो, मोहनी लाग्ला है, नयाँ नयाँ सजाउ है संसार, टुङ्नाको धुनमा, सुन कथा एउटा गीत जस्ता अन्य सयौ सदाबहार गीतहरु उनले नेपाली संगीतलाई दिएका छन् ।

भारतमा नेपाली संगीतलाई परिचित गराउदै बिख्यात भारतिय संगीतकार आर डि बर्मण्डका आफ्नै टिमका उनी प्रिय पात्र हुन् । उनै संगीतकार गजमेरको अमेरिकामा बिशेष कला, साहित्य र संगीतका तीन वटा नै बिधाहरु समेटिने गरी भब्य ऐतिहासिक उत्सब नक्षत्र फाउण्डेसनले आयोजना गर्ने भएको छ । आगामी मार्च ३० मा कोलम्बस, ओहायोमा प्रेसमिट हुने र कार्यक्रम भने यहि जुन महिना २२ तारिकमा सिन्सिनिटिमा हुने पक्क भएको जनकारी किशोर शिवकोटीले दिएको छ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
spot_img
सम्बन्धित
थप

लोकप्रिय