Monday, October 7, 2024

भारतीय प्रधानमन्त्री मोदीद्वारा भुटानमा बनेको आधुनिक अस्पतालको उद्घाटन

spot_img

भुटान (थिम्पु) । भुटान भ्रमणका क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले शनिबार राजधानी थिम्पुमा आधुनिक अस्पतालको उद्घाटन गर्नुभएको छ । भारतको सहयोगमा अस्पताल निर्माण भएको हो ।

अस्पतालको उद्घाटनमा प्रधानमन्त्री मोदीसँगै भुटानका प्रधानमन्त्री छिरिङ तोब्गे पनि उपस्थित रहेको थियो । उनीहरुले मिलेर ग्याल्ट्सुएन जेट्सुन पेमा वाङचुक मदर एण्ड चाइल्ड अस्पतालको उद्घाटन गरेका हुन् ।

यो अस्पताल भुटान–भारत मैत्री परियोजना अन्तर्गत निर्माण गरिएको हो । भारतीय प्रधानमन्त्री मोदी भुटानको दुई दिने राजकीय भ्रमणका क्रममा शुक्रबार थिम्पु पुग्नु भएको थियो। उहाँले भुटानका राजा जिग्मे खेसर नामग्याल वाङचुकलाई भेट्नु भएको थियो ।

प्रधानमन्त्री नरेन्द्र मोदीले भुटानका प्रधानमन्त्री छिरिङ तोब्गेसँग पनि कुराकानी गर्नु भएको छ। शुक्रबार भुटानका राजा जिग्मे वाङचुकले प्रधानमन्त्री मोदीलाई सर्वोच्च सम्मान ‘अर्डर अफ ड्रुक ग्याल्पो’ अवार्डले सम्मान गर्नु भएको थियो ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
spot_img
सम्बन्धित
थप

लोकप्रिय