Monday, October 7, 2024

थाइल्याण्डको राजधानी बैंककमा एसोसिएसन अफ नेपाली ओरिजिन गठन

spot_img

विश्वभर बसोबास गरिरहेका नेपाली मुलका, नेपाली भाषीहरुको एक भेलाले सोमबार थाइल्याण्डको राजधानी बैंककमा एसोसिएसन अफ नेपाली ओरिजिन ए. एन्. ओ. गठन गरेको छ ।

विश्वका कम्तिमा २७ देशका नेपाली मूलका सामाजिक अभियन्ताहरुको प्रतिनिधित्व रहेको उक्त भेलालाई पहिलो महाधिवेशनको स्वरुप दिँदै हाल अमेरिकामा बसोबास गर्दै आएका भुटानमा जन्मेका नेपाली मूलका युवा समाजसेवी एवम् कुशल व्यवसायी डिल्ली अधिकारीको अध्यक्षतामा ५४ सदस्यीय कार्यसमिति गठन गरेको सी.एम्. भट्टराइले जानकारी दिनुभएको छ ।

इन्ट्रा नेशनल वेलफेयर एण्ड सपोर्ट फाउण्डेसन अफ अमेरिकाकाको सहयोग र समन्वयमा बैंकक उक्तभेलाको आयोजना गरिएको थियो ।

विश्वका विभिन्न मुलुकमा स्थायी बसोबास गर्दै आएका सम्पूर्ण नेपालीहरुको चाहना भावनात्मक रुपमा आफ्नो मातृ भूमिप्रति समर्पित भई नेपालका लागि योगदान, आपसी भाइचारा, सद्भाव एवं सहयोग कायम गर्नुको साथै नेपाली जाती, भाषा, साहित्य, कला, संस्कृति र सांस्कृतिक पहिचानलाई समेत जीवन्त राख्न ए. एन्. ओ. को गठन गरिएको हो ।

नेपाल एवं नेपाल बाहिर विश्वको जुनसुकै  कुनामा बसोवास गरिरहेका नेपाली जातिलाई एक आपसमा ल्याई मूलभूतरुपमा आफ्नो मातृभूमी नेपालसँग जोड्नु नै ए. एन्. ओ. को मुख्य उद्देश्य रहेको छ ।

यो अभियान बिशुद्दरुपमा संसारभर छरिएर रहेका नेपालीभाषी दाजुभाई दिदीबहिनीहरुलाई एकताको एउटै मालामा गाँस्ने भावना र उद्देश्यले सुरु गरिएको हो । यो सबै नेपाली भाषीहरुको साझा संस्था भएकाले गैरराजनीतिक र गैरपक्षधर अभियान पनि हो । यो अभियान केवल नेपालीहरुको एउटा साझा नै संस्था हो ।

नेपालीको पहिचान नेपालीको शान भन्दै यो अभियानले नेपाली जातिलाई नेपालसँग जोड्नका लागि पहल गर्ने छ । आफ्नो मातृभूमी प्रवेश गर्न, बसोवास गर्न, लगानी गर्न र सामाजिक कामहरु गर्न मातृभूमिले सहज बनाओस् भन्ने संस्थाको मूख्य उद्देश्य रहेको छ ।

नेपाली भाषा, कला, संस्कृतिको दूतका रुपमा संसारभर यो अभियानले काम गर्नेछ । भाबी पुस्तालाई समेत नेपालसँग जोड्दै नेपाली भाषा, कला र संस्कृतिको जगेर्ना, प्रचार प्रसार, विकास र सम्बर्धन गर्नुका साथै नेपाली जाति जहाँ रहे पनि संकटको बेला जातीय एकतासहितको सहकार्य गरी सामाजिक सेवा गर्ने यो अभियानको उद्देश्य रहने छ ।

संस्थाले प्रवासमा बस्ने नेपाली जातीका लागानीकर्ताहरुलाई नेपालमा लगानीको वातावरण बनाउन, लगानी प्रोत्सान गर्न र लगानीको उचित्त प्रतिफल आफ्नै पितृभूमिको शिक्षा, स्वास्थ्य लगायतका क्षेत्रमा लगाई सामाजिक काम गर्न अभिप्रेरित गर्नुका साथै मातृभूमि नेपाललाई प्राकृतिक वा मानवीय विपत्ति परेको बेला खुल्ला हृदयका साथ सघाउन यो संस्था हरदम क्रियाशील रहने सी.एम्. भट्टराइले बताएकाछन् ।

संस्थाले उद्यमशीलताको विकास सहित समुदायको विकास र समुन्नति एवं जातीय गौरबका क्षेत्रमा कार्य गर्ने र पर्यावरण संरक्षणका क्षेत्रमा समेत योगदान दिन सकिने गरी काम गरेर संसारकै सर्बोच्च शिखर सगरमाथा भएको मातृभूमि नेपालको पर्यटन विकासमा समेत योगदान पुर्‍याउने गरी आफ्ना कार्यक्रमहरु सञ्चालन गर्नेछ । यस संस्थाको आज चयन भएको बोर्ड अफ ट्रष्टीमा अध्यक्षमा डिल्ली अधिकारी र सदस्यहरुमा सुशील कुमार पन्त, चुडामणि भट्टराई, साधन घिमिरे, बाबुकृष्ण कार्की, सुनिता गुरुङ ,ओमराज वात्सना राई, टी. बी. गुरुङ , बिरास अधिकारी र करिष्मा सुव्वा हुनुहुन्छ भने संस्थाको केन्द्रीय कार्यकारिणी समितिमा अध्यक्ष डिल्ली अधिकारी, उपाध्यक्षमा वरिष्ठ अधिवक्ता सुशिल कुमार पन्त हुनुहुन्छ भने महासचिवमा चुडामणि भट्टराई हुनुहुन्छ । त्यसैगरी सचीवमा चिरनजंग थापा, सहसचिवमा, अर्जुनकुमार पौडेल, कोषाध्यक्षमा उदयनारायण मिश्र, सहकोषाध्यक्षमा गोपी कार्की रहनुभएको छ । सदस्यहरुमा डा. दामोदर पौडेल, बावुकृष्ण कार्की, राज कर्माचार्य र तिलक निरौला रहनुहुन्छ । यस संस्थाले ५४ सदस्यीय केन्द्रीय समिति चयन गरेको सी.एम्. भट्टराइले बताएका छन् ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
spot_img
सम्बन्धित
थप

लोकप्रिय