Monday, July 8, 2024

स्टेट रिप्रेजेन्टेटिभ डिस्ट्रिक्ट हाउस ३० का लागि डेमोक्रेटिक तर्फ मित्र सुवेदीको उम्मेद्ववारी घोषणा 

मित्र सुवेदीले स्टेट रिप्रेजेन्टेटिभ डिस्ट्रिक्ट हाउस ३० का लागि डेमोक्रेटिक तर्फको उम्मेद्ववारी घोषणा गर्नुभएको छ । सुवेदीले डिस्ट्रिक्ट ३० को क्षेत्रभित्र बस्ने सबैलाई भोट एवम् आर्थिक लगायत सहयोग गरी जिताउन अनुरोध गर्नुभएको छ ।
अमेरिकाको सानै निर्वाचनमा पनि बलियो प्रतिद्ववन्दी विरुद्व विजय हाँसिल गर्न विभिन्न अभियान चलाउनुपर्ने भएकाले र उक्त अभियान अत्यन्त खर्चिलो हुने हुँदा सबैले सकेको सहयोग गरिदिनुहुन उहाँले अनुरोध गर्नुभएको छ ।
२०१४ देखि भुट्निज सोसाइटी अफ केन्टकीमा स्वयम्सेवक भएर र २०२१ देखि एक्जुकेटिभ डिरेक्टरको रुपमा काम गरेको अनुभव उहाँसँग छ । उहाँले शिक्षा, स्वास्थ्य, वातावरण, कानूनी, आर्थीक, सामाजिक एवं बालबालिकाको हक र उत्थानको क्षेत्रमा काम गरिसक्नु भएको छ ।
त्यस्तै उम्मेद्ववार सुवेदीले सार्वजनिक स्कुल एवम् शिक्षालाई अझै गुणस्तरीय र सुरक्षित बनाउने, कामदारहरुको सुरक्षा, अधिकार र उत्प्रेरणा सम्बन्धी कार्य गर्ने, स्वच्छ वातावरणमा जोड दिने अठोट गर्नुभएको छ । यस क्षेत्रको आर्थिक एवम् पूर्वधार विकासको लागि पहल गर्ने, प्रजनन् हक, हित र स्वतन्त्रतामा विशेष पहल गर्ने साथै यस क्षेत्रको समस्याहरुको पहिचान गरी समग्र एवम् सन्तुलित ढङ्गले घटाउँदै अल्पकालीन र दीर्घकालीन योजना र उद्देश्य अनुरुप समधान गर्न कोशिस गर्ने लगायत प्रतिवद्वता व्यक्त गर्नुभएको छ ।
What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
सम्बन्धित
थप

लोकप्रिय